भारतको सहज जीत

भारतले हैदराबादमा सम्पन्न अस्ट्रेलिया विरुद्धको दोस्रो टेस्ट म्याच एक इनिंग र १ सय ३५ रनले जितेको छ। पहिले ब्याटिंग गरेको अस्ट्रेलियाले पहिलो इनिंगमा २३७ जोडेको थियो भने त्यसपछि ब्याटिंगमा उत्रिएको भारतीय टोलीले ५०३ रनको विशाल स्कोर खडा गरेको थियो। भारतको तर्फबाट चेतेश्वोर पुजराले २०४ र मुरली विजयले १६७ रनको योगदान दिएका थिए।  दोस्रो इनिंगमा पनि अस्ट्रेलियाले कुनै चमत्कार देखाउन सकेन। १३१ रनमा सबै विकेट गुमाए पछि अस्ट्रेलिया इनिंग अन्तरको हार बचाउन सकेन।
यो हार संगै ४ टेस्टको सृंखलामा ०-२ ले पछि परेको छ। चेन्नाई टेस्ट पनि भारतीय कप्तान महेन्द्र सिंह धोनीले कीर्तिमानी प्रदर्शन गरेपछि भारतको पक्षमा गएको थियो।
अब तेस्रो टेस्ट चण्डीगढको मोहालीमा मार्च १४ देखि सुरु हुनेछ।

Comments