नेपाल सेमीमा

नेपाल एसीसी टी२० कप क्रिकेटको सेमी-फाइनल प्रवेश गरेको छ। आइतबार सम्पन्न समूह चरणको अन्तिम लिग खेलमा टस जितेर पहिले ब्याटिंग गरेको नेपालले २१० रनको विशाल स्कोर खडा गरेको थियो। २११ रनको विजयी लक्ष पछ्याएको सिंगापुर केवल ८९ रनमा समेटिएको थियो। नेपालको तर्फबाट बिनोद भण्डारीले सर्वाधिक ५४ रनको योगदान दिएका थिए भने कप्तान पारस खड्का ४४, प्रारम्भिक ब्याट्सम्यान प्रदीप ऐरी ३०, ज्ञानेन्द्र मल्ल ३० तथा शरद भेसवकरले अविजीत २६ रन जोडेका थिए। सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा बसन्त रेग्मीले ३, शक्ति गौचनले २ तथा, पारस खड्का, चन्द्र सवाद, सगर पुन र पृथु बाँस्कोटाले १-१ विकेट लिएका थिए। अब नेपालले समूह बी को बिजेता युएई संग फाइनल प्रवेशको लागि मंगलबार प्रतिस्पर्धा गर्ने छ।

Comments

Popular Posts