दानबहादुर गोल्ड कपमा हरैंचा कब्जा
इटहरीमा सम्पन्न सातौं दानबहादुर फुयाँल स्मृति गोल्डकपको उपाधि मोरंगको हरैंचा स्पोर्ट क्लबले जीतेको छ। फाइनलमा हरैंचाले १ गोल गोलले पछि परेको स्थितिमा खेल सकिन ५ मिनेट अगाडि बराबरी गोल गर्दै सडन डेथमा धरानलाई स्तब्ध बनाएको हो। धरानको तर्फबाट बिनोद लामाले पहिलो हाफमा गोल गरेका थिए भने हरैंचाका भुषण लिम्बुले बराबरी गोल फर्काएका थिए। थपिएको समयमा दुवै पक्षबाट कुनै गोल भएन भने टाइब्रेकरमा ३-३ गोल गरेका थिए।
Comments
Post a Comment