राष्ट्रिय टोली घोषणा, पुरानोलाई नै प्राथमिकता
यही फागुन १९ गतेदेखि काठमाडौँमा संचालन हुने समूह डी को एएफसी च्यालेन्ज कप छनौट खेलको लागि एन्फाले बन्द प्रशिक्षणमा रहेका २८ मध्येबाट २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको गरेको छ। राष्ट्रिय टोलीको घोषणा अगाडी प्रमुख प्रशिक्षक ज्याक स्तेफनोस्की नयाँ खेलाडीहरुलाई प्राथमिकता दिने विचार व्यक्त गरे पनि घोषित टोलीमा ५ जना (२१.७४%) मात्र नयाँ खेलाडी रहेका छन्। २८ मध्येबाट २३ भित्र नअटाउनेमा दीपक राई, बिशाल राई ए, अनिल ओझा, नवयुग श्रेष्ठ, सबिन्द्र श्रेष्ठ सबै नयाँ खेलाडी खेलाडी हुन्। शायद एन्फा अध्यक्ष गणेश थापा र प्रबक्ता ललितकृष्ण श्रेष्ठको दबाबको कारण पनि हुन सक्छ प्रमूख प्रशिक्षक स्टेफनोस्कीले नयाँ खेलाडीलाई मौका दिने घोषणा गरे पनि सबै पुराना खेलाडीहरुलाई अन्तिम २३ भित्र परेका छन्। घोषित राष्ट्रिय टोली निम्नानुसार रहेको छ:
गोलरक्षक: किरण चेम्जोङ्ग, रितेश थापा र विकेश कुथु
डिफेन्स: रोहित चन्द, सागर थापा, सन्दीप राई, विजय धिमाल, जितेन्द्र कार्की, रबिन श्रेष्ठ र बिराज महर्जन
मिडफिल्डर: भोला सिलवाल, विजय गुरुङ, बिक्रम लामा, जगजीत श्रेष्ठ, निराजन खड्का, राजेन्द्र रावल र राजु तामांग
स्टाइकर: जुमानु राई, सन्तोष सहुखला, अनिल गुरुङ, अमर डंगोल, चेतन घिमिरे, भरत खवास
राष्ट्रिय टोलीमा स्थान पाएका नयाँ खेलाडीहरु:
विजय धिमाल, जितेन्द्र कार्की (डिफेन्स), बिक्रम लामा, राजेन्द्र रावल (मिडफिल्डर), अमर डंगोल (स्टाइकर)

Comments
Post a Comment