अन्तिम खेलमा बौद्धको जीत


रेड बुल ए डिविजन लिग अन्तर्गत दशरथ रंगशालामा संचालन भैरहेको संकटा र आरसिटी बीचको खेलको 11 औं मिनटमा युगलकिशोर राईले गोल गरेपछि आरसिटी सुरुवाती अग्रता लिए पनि 40 औं मिनटमा समुएल ले बराबरी गोल गरेपछि पहिलो हाफ 1-1 को बराबरीमा सकिएको छ।
दोश्रो हाफको इन्जुरी समयमा संकटा को तर्फबाट सुदीप लिम्बूले निर्णायक गोल गरेपछि आरसिटीको लिग टेबलमा दोश्रो स्थान सुरक्षित हुन सकेन। यस अघि नै सुपर लिग खेल्ने ढोका बन्द भैसकेको संकटाले भने यो सालको लिग सुखद अन्त्य गर्यो।

आजको दोस्रो खेलमा यस अघिनै रेलिगेशनमा परिसकेका दुई टिम बौद्ध र बाँसबारी भिडेका थिए।  मध्यान्तर अघि राजन अधिकारीको गोलबाट लिएको 1-0 को अग्रता  दोश्रो हाफको इन्जुरी समयमा सुमन लामाले सुन्दर गोल गरेपछि 2-0 ले बाँसबारीलाई पछि पर्दै 14 औं चरण सम्म जीत बिहीन बौद्ध अन्तिम खेलमा जीत आत्मसाथ गर्दै 4 अंकका साथ लिग तालिकाको पुछारमा रहदै बिदा भएको छ। बाँसबारी पनि  समग्रमा 1 जीत 3 बराबरी 11 हारका साथ 6 अंकका साथ पुछारबाट एक स्थान माथि 15 औं स्थानमा रहदै विदा भएको छ।

Comments