नेपाली चेलीहरुको विजयी सुरुवात
एसीसी वोमेन्स च्याम्पियन-2013 अन्तर्गत थाईल्याण्डको प्रेम ओभलमा सम्पन्न खेलमा नेपाली महिला टीमले भुटानलाई 8 विकेटले हराउन सफल भएको छ। पहिले ब्याटिंग गरेको भुटानी महिला टिमले निर्धारित 25 ओभरमा 8 विकेट खर्चेर बनाएको 65 रन नेपालले 13.4 ओभरमा पूरा गरेको थियो। 4 ओभर बलिङ्ग गरेकी नेपालकी रुबिना क्षेत्री प्लेयर अफ द म्याच घोषित भइन्। उनले 2 मेडन राख्दै 6 रन खर्चेर 2 विकेट लिएकी थिइन्।
भुटानको तर्फबाट 70 बल खर्चदै डेचेन वांगमाले अविजीत 23 रन बनाउनु बाहेक अन्य कसैले पनि उल्लेख्य योगदान दिन सकेनन्। नेपालको तर्फबाट रोशनी बोहोरा 19 रन (18 बल), सीता मगर 18 रन र सरिता मगरले 11 रनको योगदान दिएका थिए।

Comments
Post a Comment