आयोजक सहारा सेमीमा

पोखरामा जारी 11 औं आहा-रारा गोल्ड कपको अन्तिम क्वार्टर फाइनलमा आज मनाङ्ग मर्स्याङ्गदी क्लब र आयोजक सहारा भिडेका थिए। पहिले 33 औं मिनटमा योनाको गोलबाट आयोजक सहाराले अग्रता लिए पनि मध्यान्तर अघि नै मनाङ्गको तर्फबाट 40 औं मिनेटमा सुनिल बिक र 44 औं मिनटमा चिकोले गोल गरेपछि आयोजक 2-1 पछि परेको थियो। दोस्रो हाफको 63 औं मिनटमा योनाले नै फेरि खेलमा फर्काए आयोजकलाई। त्यसपछि निर्धारित र थपिएको समयमा कुनै पनि टिमले गोल गर्न सकेनन। खेल ट्राई-ब्रेकरमा पुग्यो। त्यसमा आयोजकले 4-1 ले बाजी मार्न सफल भयो।
हिजो सम्पन्न आरसिटी र थ्री स्टारबीचको खेलको विजेता पनि ट्राई-ब्रेकरबाट नै टुंगो लागेको थियो। त्यसमा थ्री स्टारले बाजी मार्दै लिगमा हारेको बदला लिन सफल भएको थियो।
 

Comments

Popular Posts