फेडेरेर पराजीत, उपाधिको लागि मुर्रे जोकोभिकसँग भिड्ने
अस्ट्रेलियन ओपन पुरुष एकल तर्फको अन्तिम सेमी-फाइनलमा आज भिडेका थिए विश्व नं . 2 स्विस खेलाडी रोजर फेडेरेर र विश्व नं . 3 ग्रेट ब्रिटेनका एन्डी मुर्रे रोड लेभर अरेनामा। पहिलो सेट मुर्रेले 6-4 ले सहजै आफ्नो पक्षमा पर्न सफल भए भने प्रतिस्पर्धात्मक दोस्रो सेट 6-7 ले फेडेरेरलाई सुम्पन बाध्य भए। तेस्रो सेटमा भने मुर्रे फेरि सफल भए 6-3 ले। 2-1 अग्रता लिईसकेको मुर्रेले चौथो सेट 6-7 ले नै फेरि सुम्पनु परेपछि खेल 2-2 को बराबरीमा आयो। अन्तिम सेट 6-2 ले जित्दै समग्रमा 3-2 ले मुर्रे फाइनल प्रवेश गरे। अब उनी विश्व नं . 1 सर्बियन नोभाक जोकोभिक संग उपाधिको लागि भिड्ने छन्।
Comments
Post a Comment