इंगलैंडको सान्त्वना जीत

ओपनर ब्याट्सम्यान इअन बेलले शतकीय पारी खेलेपछि भारत-इंगलैंड पाँचौ तथा अन्तिम एक दिवशीय क्रिकेट इंगलैंडको पक्षमा गएको छ। 227 रनको लक्ष पछ्याएको इंगलैंड 3 विकेट गुमाएर 16 बल अगाडी नै लक्ष भेट्यो । किफायती बलिङ्ग गरेका इशान्त शर्माले 10 ओभरमा 3 मेडन राख्दै 37 रन खर्चेर 1 विकेट लिएका थिए भने रबिन्द्र जडेजा र शामी अहमदले पनि 1-1 विकेट लिएका थिए।
आजको म्याच हारे पनि सृखला भने भारतले 3-2 ले जितेको छ। भारतले सुरु र अन्तिम बाहेक सबैमा जीत आत्मसाथ गरेको थियो।
पहिले ब्याटिंगको निम्तो पाएको भारत 4 रन मात्र बनाउन सफल रोहित शर्मा ब्रेस्ननको बलमा ट्रेडवेलद्वारा क्याच आउट भएपछि परि सम्हाल्न आएका विराट कोहली र युवराज सिंह 0 मा नै आउट भए। कोहली ब्रेस्ननको बलमा ट्रेडवेलद्वारा क्याच आउट भएका थिए भने युवराज फिन्को बलमा मोर्गेनद्वारा क्याच आउट भएका थिए। आज संकटमा परेको भारतीय टिमलाई सुरेश रैनाले सम्हालिएको ब्याटिंग गर्दै बचाए। रैनाले 98 बलको सामना गर्दै 83 रनको योगदान दिए भने अन्य ब्याट्सम्यानहरुमा रबिन्द्र जडेजा 39, भुवानेश्वोर कुमार 31, गौतम गम्भिर 24 रन बनाएर आउट भए।
बलिङ्ग तर्फ तिमोथी थोमस ब्रेस्नन ले 9.4 ओभर बलिङ्ग गर्दै 1 मेडन राख्दै 45 रन खर्चेर 4 विकेट लिए भने स्टेभन थोमस फिन र जेम्स ट्रेडवेलले 2-2 तथा क्रिस्टोफेर वेकर्स र समित पाटिलले 1-1 विकेट लिन सफल भए।

Comments

Popular Posts