चेलीहरु फेरि सफल, मलेसिया 7 विकेटले हा-यो
थाईल्याण्डमा संचानल भैरहेको एसीसी महिला चाम्पियनशिपमा नेपाली चेलीहरुले देशलाई तेस्रो जीत दिलाएका छन्। आज सम्पन्न खेलमा नेपालले 66 रनको लक्ष 3 विकेट गुमाएर सहजै भेटाउन सफल भयो। पहिले ब्याटिंग रोजेको मलासियन महिला क्रिकेट टोलीले पुरै 25 ओभर खेल्दै 8 विकेटको क्षतिमा 65 रन बनाएको थियो। नेपालको तर्फबाट रुबिन क्षेत्री र सरिता मगरले समान 2-2 विकेट लिएका थिए भने करुणा भण्डारी र नीरा राजोपाध्यको नाममा 1-1 विकेट रह्यो।
जवाफी ब्याटिंगमा नेपालले पहिलो विकेट 30 रनमा मधु थापालाई गुमाएको थियो । मधुले टिमको लागि 2 चौकको मद्धतमा 16 रनको योगदान दिएकी थिईन्। त्यसपछि क्रिजमा आएकी रोशिनी बोहोरालाई मलेसियाका नुर स्यज्वानीले ब्यक्क्तिगत 1 रन को स्थितिमा बोल्ड गरेकी थिईन्। ओपनर ब्याट्स वुमन सीता मगर 10 रनमा आउट हुदा नेपाल 66 रनको लक्ष नजीक पुगिसकेको थियो। त्यसपछि पारी सम्हाल्न आएकी नेरी थापाले अविजीत रहदै 5 बलमा 10 रन जोडेकी थिईन भने सरिता मगर पनि 9 रनको अविजीत पारी खेल्न सफल भईन .
अब नेपालले समूह चरणको अन्तिम खेल हङ्गकङ्ग विरुद्ध भोलि खेल्ने छ।

Comments
Post a Comment