हिमालयनको सहज जित

पोखरा, माघ ५ - हिमालयन शेर्पा फुटबल क्लबले नबौं आहा गोल्डकपमा बुधबार एन्फा यू १९ लाई सहज पाखा लगाएको छ । पोखरा रंगशालामा भएको प्रतियोगितामा हिमालयनले एन्फालाई २-० गोलले हराएको हो ।
हिमालयनको जितका लागि दिपक राईले ३० औं र ओरेक एलानले ४३ औं मिनेटमा एक एक गोलको योगदान दिएका थिए । नबिन न्यौपानेले पेनाल्टी हाफबाट गरेको कडा प्रहारलाई बिपक्षी गोलकिपर लक्ष्मण थापा समात्न डाईभ गरेको बेला नजिकै रहेका राईले ६ यार्डबाट बललाई सजिलै जाली चुमाएका थिए ।
यसैगरी राईले डिबक्सभित्रबाट पेनाल्टी क्षेत्रमा मिलाएको पासलाई ओरेकले फस्ट बारमा च्याप्दै टिमका लागि दोस्रो गोल गरे । राई नै प्रतिस्पर्धाको म्यान अफ दी म्याच भए । हिमालयनको भेट आगामी ९ गते थ्रीस्टार क्लबसंग हुनेछ ।
खेलको शुरुवातदेखि नै हिमालयनसंग दवावमा खेलको एन्फाले गोलका केही प्रयास गरेपनि खेर गएका थिए ।

Comments

Popular Posts