डायस दशक
रोय लुक डायस श्रीलंकाली नागरिक हुन् । तर उनी नेपालको सम्बन्धमा कुरा गर्नुपरे हिमाली मुलुकको पक्षमा सधैं 'हामी' भन्ने गर्छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकको रूपमा पछिल्ला नौ वर्ष उनले श्रीलंकालीभन्दा बढी नेपाली भएर अनुभव गरे ।
'नेपाली क्रिकेटका बारेमा कुरा गर्दा किन 'हामी' शब्द प्रयोग गर्छौं ?' एकपल्ट पत्नी थारांगाको आश्चार्यजनक प्रश्नसमेत डायसले सामना गर्नुपर्यो । भन्छन्, 'नेपाल बसाइमा म एकदमै खुसी छु । यहाँ धेरै साथी बनाएँ ।
मलाई कुनै पछुतो छैन, तर नेपाल छाड्नुपर्दा हृदयदेखि नै दुःखी छु । सबैसँग राम्रो सम्बन्ध रह्यो, जसले मलाई राम्रो काम गर्न उत्साह दिइरह्यो । त्यसले नेपाल मेरो दोस्रो घर भने फरक पर्दैन ।' त्यही हृदयस्पर्शी भावुकता हुनुपर्छ, उनले बोल्ने 'हामी ।'
कुनै समय विश्व क्रिकेटकै उत्कृष्ट ब्याट्सम्यान कहलिएका डायस परिवार कोलम्बोमा बस्छन् । अन्तिम प्रतियोगिताका रूपमा गोन्जाउ एसियाडमा नेपाली टिम सम्हालेका ५९ वर्षे डायस पहिलोपल्ट नेपाली क्रिकेटको जिम्मेवारीमुक्त भएर आइतबार श्रीलंका र्फकंदै छन् । नेपाली राष्ट्रिय टिमसँगको प्रशिक्षकका रूपमा उनको करार यही डिसेम्बरदेखि नेपाल क्रिकेट संघ -क्यान) ले नथप्ने निर्णय गरिसकेको छ ।
डायस गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणमा शनिबार जाँदैछन् । उनी इसाई धर्मावलम्बी हुन् । दुई करोड बढी श्रीलंकाली जनसंख्यामध्ये ७० प्रतिशत बौद्धमार्गी छन् । उनीहरू मात्र होइनन्, पूरै श्रीलंकाली बुद्धलाई पुज्ने गर्छन् । डायस पत्नी थारांगा कहाँ अपवाद हुन सक्छिन् र । ७ अक्टोबर, २००१ देखि पतिको गन्तव्य नेपाल भएयताका प्रत्येक प्रतियोगिताका पूर्वसन्ध्यामा उनले नेपालको सफलता कामना गर्दै कोलम्बोमा बुद्ध पूजा नछुटाएको डायस बताउँछन् ।
श्रीलंका फर्के पनि पहिलो प्राथमिकता नेपाल हुने उनले बताए । भन्छन्, 'नेपाललाई जस्तोसुकै सहयोग गर्न तयार छु ।' सुरुमा एक महिनाका लागि नेपालमा पाइला टेकेका उनले काठमाडौं बसाइ साँच्चै रमाइलो रहेको बताए । 'नेपाली क्रिकेटको विकास क्रममा सहयोग गर्न पाउनु गर्व गर्न लायक छ,' उनले भने, 'क्यान अध्यक्षले सधैं सहयोग गरे । उनीहरूले मेरो काममा कहिल्यै हस्तक्षेप गरेनन्, त्यसैले मैले स्वतन्त्र रूपमा काम गर्ने मौका पाएँ ।'
श्रीलंकामा घुलमिल हुन डायसलाई केही समय लाग्नेछ । भन्छन्, 'काठमाडौंको मौसम खुबै मिस गर्नेछु ।' उनी भाग्यमानी हुन्, त्यसैले जागिर खोज्नु परेन । 'केही क्लब सम्हाल्ने प्रस्ताव आएकोछ,' उनले भने, 'श्रीलंकाली क्रिकेटले त्यसको टुंगो लाउनेछ ।' नेपाली क्रिकेटले लामो फड्को मारेको उनको अनुभव छ, विशेषतः उमेर समूहमा । भन्छन्, 'सिनियर तहमा पनि धेरै राम्रो गर्यौं । तर महत्त्वपूर्ण मानिएका केही खेल हार्नु दुःखद् रह्यो ।'
सुरुमा उनी एसीसी यू-१९ कपमा नेपाली टिम सम्हाल्न काठमाडौं ओर्लिएका थिए । त्यसमा नेपाल च्याम्पियन भयो र युवा विश्वकपमा छनोट भयो । न्युजिल्यान्डमा भएको युवा विश्वकपमा नेपालको प्रदर्शन विश्व क्रिकेटकै लागि आश्चार्य रह्यो । प्लेट च्याम्पियन हुनुअघि नेपालले बलिया पाकिस्तान र बंगलादेशको विश्वकप यात्रामा पूर्णविराम लगाएको थियो । त्यसले डायससँगै नेपाली क्रिकेटको भाग्य फेर्यो । त्यसपछि नेपालले कहिल्यै पछाडि र्फकनु परेन, डायसको नेतृत्वमा नेपालले विश्व क्रिकेटमा राम्रो सम्भावना बोकेको देशका रूपमा आफूलाई स्थापित गर्यो ।
काठमाडौं टेकेको भोलिपल्टै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपाली खेलाडीले गरेको प्रदर्शन हेरेर डायसमा आफ्नो नयाँ गन्तव्य 'गल्ती रोजाइ' भएको डर सिर्जना भएको थियो । त्यसअघि नै उनले श्रीलंकाको राष्ट्रिय टिम सम्हालिसकेका थिए । त्यसैले सन् १९९६ को विश्वकप क्रिकेटमा श्रीलंकाको नेतृत्व गरेको उनका लागि अन्तर्राष्ट्रिय जगत्मा भर्खर पाइला चालेको देशको टिमको जिम्मेवारी बेहोर्दा शंका गर्नु स्वाभाविक हो ।
यू-१९ विश्वकपमा नेपालले प्रभावशाली प्रदर्शन गरेपछि क्यानले डायसलाई नेपालमै बस्न प्रस्ताव गरेको थियो । त्यो बेला उनी कोलम्बोमा क्रिकेट स्कुल सञ्चालन गरिरहेका थिए । त्यसैले उनले चाहेअनुसार क्यानसँग एकवर्षे करारमा हस्ताक्षर गरे । दशकअघि राम्ररी बल र ब्याट समाउन नजान्ने नेपाली हातहरूलाई हिमालको काखसम्म फैलाउनमा डायसको योगदान क्रिकेट रहेसम्म नेपालले बिर्सने छैन ।
धेरै खेल खेल्न नपाउनु नेपाली क्रिकेटको नकारात्मक भएको डायसको विश्वास छ । भन्छन्, 'नेपाली खेलाडी प्रतिभावान् छन् । तर उनीहरूले विदेशी टिमसँग खेल्ने अवसर पाउँछन् । त्यो नेपालका लागि सधैं ठूलो चुनौतीका रूपमा रहनेछ । स्तर वृद्धिका लागि नेपाली टिम नियमित विदेश भ्रमणमा लाँदै धेरैभन्दा धेरै खेल खेलाउन आवश्यक छ । उच्चकोटिको विदेशी टिमसँग खेल्दा अन्तर्राष्ट्रिय क्रिकेटमा सफलता कति गाह्रो छ भन्ने अनुभव गराउँछ ।'
'अभ्यास खेल अभावमा आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन-४ खेल्न नेपाल बलियो टिमका रूपमा इटाली पुगेको थिएन,' खेलको वातावरण बाहिर सधैं कालो पहिरनमा देखिएका डायसले भने, 'प्रतिद्वन्द्वी बलिया छन् भन्ने हामीले अपेक्षा गरेका थिएनौं ।' तान्जानियासँग बेहोरेको हारले नेपाललाई तेस्रो डिभिजनमा उक्लन रोकेको थियो । अन्ततः त्यही हारले डायसले नेपाल बसाइमा पूर्णविराम लगायो ।
नेपाली खेलाडीलाई श्रीलंकाली क्लब क्रिकेटमा अवसर दिने उनले वाचा गरेका छन् । नेपालको क्रिकेटको विकास गर्ने हो भने क्यानले राम्रो विदेशी टिम ल्याएर खेलाउनुपर्ने, इन्डोर टे्रेनिङको सुविधा दिनुपर्ने, स्थानीयस्तरदेखि नै धेरै प्रतियोगिता सञ्चालन गर्नुपर्ने, खेलाडीलाई करिअर बनाउन सक्ने मौका दिनुपर्ने, प्रायोजकको खोजी र लगानी बढाउनुपर्ने, भौतिक संरचना निर्माण गर्नुपर्ने बताए ।
उनी निःस्वार्थी छन् । प्रविधिसँग टाढै रहेको दूरीले पछिल्लो समय उनको आलोचना बढायो । आफंै खेलाडी छँदा उत्कृष्ट ब्याट्सम्यान भए पनि उनको नेतृत्वमा नेपालले बेहोरेका महत्त्वपूर्ण हारमा ब्याटिङ कारक रह्यो । ब्याटिङको परम्परागत नेपाली कमजोरी उनले हटाउन नसकेको जानकारहरू बताउँछन् ।

Comments
Post a Comment