Aayasha and Ganga Kissed Gold

ढाका, माघ २५ - बंगलादेशको राजधानी ढाकामा भइरहेको ११ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा तेक्वान्दो खेलाडी आयशा शाक्याले पनि स्वर्ण जितेकी छन् । उनले भारतकी लतिका भण्डारीलाई ५३ केजी समूहको प्रतिष्पर्धामा ५-१ ले हराइन् । आयशाले स्वर्ण जितेपछि नेपालको स्वर्ण संख्या पाँच पुगेको छ । यसअघि सोमबार नै उसुका आङ्गबाबु लामा र तेक्वान्दोका दिपक बिष्टले पनि नेपालका लागि तेस्रो स्वर्ण दिलाएका थिए । सागमा आइतबार उसुकी विनीता महर्जन र कराँतेका सुनील लामाले पनि स्वर्ण जितेका थिए ।

Comments

Popular Posts