म्याग्नस कार्लसन पुनः G-Star मोडलमा


विश्व नम्बर १ बुद्धिचाल खेलाडी म्याग्नस कार्लसन पुनः फेसनको दुनियामा फर्किएका छन्। ३४ वर्षीय ग्रान्डमास्टरले G-Star RAW को फॉल २०२५ क्याम्पेनमा मोडलिङ गर्दै आफ्नो यात्रा जारी राखेका छन्। यो सहकार्य उनी र डच डेनिम ब्रान्डबीच २०१० मा सुरु भएको हो र अहिले १५ वर्ष पुगेको छ।
नयाँ क्याम्पेनलाई प्रसिद्ध डच फोटोग्राफर पल कुइकरले खिचेका हुन्। यसमा कार्लसनलाई डेनिम ज्याकेट, टेलर गरिएको ब्लेजर, सर्ट र जी-स्टारको पुरानो जिन्स संग्रहको आधुनिक रूपान्तरणमा प्रस्तुत गरिएको छ। ब्रान्डले कार्लसनलाई “सीमाना तोड्दै अपेक्षाभन्दा पर जाने व्यक्तित्व” भनेर प्रशंसा गरेको छ।
यो लामो सहकार्यले कार्लसनलाई केवल बुद्धिचालको नायक मात्र नभई फेसन र जीवनशैलीको प्रतीकका रूपमा पनि स्थापित गरेको छ।

Comments