FIDE Women’s Grand Swiss 2025: दोस्रो चरणमा शीर्ष खेलाडीहरूको बलियो प्रदर्शन


विश्वकै प्रतिष्ठित प्रतियोगिता मध्ये एक मानिने FIDE Women’s Grand Swiss 2025 को दोस्रो चरण आज सम्पन्न भएको छ। विश्वभरका शीर्ष महिला ग्रान्डमास्टरहरू बीच भएको भिडन्तमा अनुभवी तथा उदाउँदै गरेका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्। 

बेलारुसकी ओल्गा बादेल्का, इजिप्टकी श्रूक वाफा, चीनकी युवा प्रतिभा युशिन साङ, अमेरिकाकी कारिसा यिप, र रसियाकी लिया गारिफुल्लिना ले आफ्नो-आफ्नो खेल जित्दै अंक जोड्न सफल भए। जर्जियाकी अनुभवी एलीना डानिएलियन भने आश्चर्यजनक हारसँगै पछाडि परिन्।

भारतका लागि दोस्रो चरण सुखद नै रह्यो । आर. वैशाली ले नेदरल्यान्ड्सकी प्रतिभाशाली एलिन रोएबर्स लाई पराजित गर्दै लगातार जित हात पारिन्। अर्की भारतीय खेलाडी वेन्टिका अग्रवाल ले कजाकस्तानकी द्रुत खेल विशेषज्‍ञा बिबिसारा असाउबायेभा सँग कडा संघर्षपछि बराबरी गरिन्। अनुभवी द्रोणावली हरिका ले बल्गेरियाकी प्रतिभाशाली नुर्ग्युल सालिमोवा सँग अंक बाँडिन्।

शीर्ष ग्रान्डमास्टरहरूको दबदबा

  • कतेरिना लाग्नोले उमिदा ओमोनोंभामाथि सफा जीत दर्ता गरिन्।

  • पूर्व विश्व च्याम्पियन Mariya Muzychuk ले आफ्नी पुरानी प्रतिद्वन्द्वी Valentina Gunina लाई हराउँदै शीर्ष स्थानतर्फ उक्लिन्।

  • अर्की पूर्व विश्व विजेता अन्तोआनेटा स्तेफानोभा ले उत्कृष्ट चालसहित एल्नाज कालियाखमेत लाई पराजित गरिन्।

  • चीनकी तान झोंग्यी ले सिरियाकी लिना नास्सर लाई हराउँदै आफ्नो जितको खाता खोलेकी छिन्।

बराबरीमा सकिएका प्रमुख खेलहरू

  • वेन्टिका अग्रवाल – बिबिसारा असाउबायेभा

  • अफ्रुजा खाम्दामोभा – जेनीय बालाबायेभा

  • द्रोणावली हरिका – नुर्ग्युल सालिमोवा

  • अन्ना उशेनिना – इरिना क्रस

  • कियोल्बासा – शुवालोवा

Comments