FIDE Women Grand Swiss: फातालिएभा उल्वियाको सनसनीपूर्ण जित, पाँचौं चरणपछि शीर्ष स्थानमा


FIDE Women Grand Swiss Tournament 2025 को पाँचौं चरणपछि अजरबैजानकी अन्तर्राष्ट्रिय मास्टर (IM) उल्विया फातालिएभाले अप्रत्याशित रूपमा शीर्ष स्थानमा उक्लिएकी छन्। पाँचौं चरणमा उनले पूर्व विश्व च्याम्पियन ग्रान्ड मास्टर (GM) अलेक्जान्द्रा कोस्टेन्युकलाई पराजित गर्दै ४ अंकसहित अग्रस्थानमा पुगेकी हुन्।

पाँचौं चरणका मुख्य खेलहरू:

GM वैषाली रमेशबाबु (भारत) र GM कतेरिना लाग्नो (FIDE) बीचको खेल बराबरीमा टुंगियो। 

IM दिनारा वाग्नरले IM इरिना बुलमागालाई पराजित गर्दै ४ अंकमा उक्लिइन्।

GM तान झोङईले GM एलिना डानिएलियनलाई हराउँदै शीर्ष १० मा प्रवेश गरिन्।

उज्बेकिस्तानका WIM अफरुजा खाम्दामोवा र WCM मदिनाबोनु खालिलोवाले आ-आफ्नो खेल जित्दै घरेलु दर्शकलाई उत्साहित बनाए।

पाँचौं चरणपछि शीर्ष ५ स्थानमा रहेका खेलाडीहरू:

1 उल्विया फातालिएभा अजरबैजान IM 2385 4

2 वैषाली रमेशबाबु भारत GM 2452 4

3 कतेरिना लाग्नो FIDE GM 2505 4

4 दिनारा वाग्नर जर्मनी IM 2400 4

5 ओल्गा गिर्या FIDE GM 2386

Comments