FIDE Grand Swiss: नेपाली मुलका अनिश गिरी बने च्याम्पियन


नेपाली मुलका डच नम्बर १ अनिश गिरीले फिडे ग्राण्ड स्विस २०२५ मा शानदार प्रदर्शन गर्दै उपाधि जितेका छन्। अन्तिम चरणमा ह्यान्स निएमान विरुद्धको महत्वपूर्ण जितसँगै गिरीले कुल ८/११ अंक हासिल गर्दै स्पष्ट अग्रता सहित च्याम्पियन बनेका हुन्।

यस विजयसंगै उनले प्रतिष्ठित २०२६ को क्यान्डिडेट्स टुर्नामेन्ट मा स्थान सुरक्षित गरेका छन्। गिरीको प्रदर्शन निकै प्रभावशाली रह्यो—पाँच खेलमा जित र कुनै हारबिना अपराजित यात्रा कायम राखे । उनले सम्पूर्ण प्रतियोगिताभर शान्त र दृढ खेल प्रस्तुत गर्दै आफ्नो क्षमताको उत्कृष्ट परिचय दिएका छन्।

Comments