FIDE Grand Swiss: शीर्ष खेलाडी वैशाली पराजीत


समरकन्दमा जारी FIDE Grand Swiss 2025 को महिला अनुभागमा ८औँ चरणका शीर्ष बोर्डहरूमा रोचक नतिजा आएका छन्। कजाखस्तानकी बिबिसारा असाउबायेभाले भारतकी वैशाली रमेशबाबुलाई पराजित गर्दै महत्वपूर्ण अंक जोडिन्। यता, अनुभवी ग्रान्डमास्टर कतेरीना लाग्नोले युक्रेनकी पूर्व विश्व च्याम्पियन मारिया मुझिचुकलाई हराउँदै अग्रस्थानमा दबदबा कायम गरिन्।

बल्गेरियाकी आन्तोनेटा स्तेफानोभा भने चिनकी युवा प्रतिभा सङ युशिनसँग हार मान्न बाध्य भइन्। यसैबीच, चीनकै तान झोङीले ग्रीसकी स्ताभ्रोउला त्सोलाकिदुलाई पराजित गर्दै शीर्ष प्रतिस्पर्धामा आफ्नो दाबेदारी बलियो बनाइन्।

Comments