FIDE Grand Swiss: परहम मघसुद्लू शीर्ष स्थानमा कायमै


FIDE Grand Swiss 2025 को चौथो चरण सम्पन्न भएको छ। ईरानका ग्रान्डमास्टर परहम मघसुद्लू ३.५ अंकसहित टुर्नामेन्टको शिर्षस्थानमा उक्लिएका छन्। उनले उज्बेकिस्तानका स्टार नोदिर्बेक अब्दुसत्तोरोभसँग रोचक खेललाई बराबरीमा समाप्त गर्दै अग्रता जोगाए।

उता, भारतीय प्रतिभा दिव्या देशमुखले चौथो चरणको सबैभन्दा ठूलो आश्चर्यजनक नतिजा निकालिन्। उनले मिस्रका अनुभवी ग्रान्डमास्टर बासेम अमिनलाई हराउँदै ऐतिहासिक जित दर्ता गरिन्। यो उनको ओपन सेक्सनमा पहिलो ठुलो जित मानिएको छ, जसले टुर्नामेन्टलाई अझ रोमाञ्चक बनाएको छ।

त्यसैगरी, Board 5 मा जर्मनीका GM भिन्सेन्ट कायमरले आफ्नै देशका GM फ्रेडेरिक स्वानेलाई पराजित गर्दै महत्त्वपूर्ण जित हासिल गरे। यस जितसँगै कायमर पनि अग्रपंक्तितर्फ उक्लिएका छन्।

अन्य शीर्ष बोर्डहरूमा भारतीय त्रयी प्रग्गनानन्धा, गुकेश डी र अर्झुन एरिगासी सबैले आ–आफ्नो खेल बराबरीमा टुंग्याए।


Comments