FIDE Grand Swiss 2025: पर्हाम मागसुड्लूको अग्रता कायमै


छैटाै चरण विश्व च्याम्पियन गुकेश डीका लागि फेरि एक दुःस्वप्नजस्तै दिन रह्यो । पाँचौं चरणमा हार खाएपछि उनले छैटौं चरणमा पनि ड्र गर्न मिल्ने एन्डगेममा ठुलो गल्ती गर्दै पराजय भोगे। यस हारपछि गुकेश ६ खेलमा ३ अंकमा सीमित भए । पर्हाम मागसुड्लू (इरान) अझै पनि अग्रस्थानमै रहेका छन् । शीर्षस्थानमा मागसुड्लू ४.५ अंकसहित एक्लै छन् ।

बोर्ड १ मा, अर्जुन एरिगाइसीले मागसुड्लूलाई दबावमा राखे तर एन्डगेममा खेल बराबरी भयो। ब्लुबाउम – मिश्रा बीचको खेल पनि बराबरीमै टुंगियो । नेपाली मुलका डच खेलाडी अनिश गिरीले आजको दिन उत्कृष्ट प्रदर्शन गर्दै माउरिज्जीलाई २७ चालमै पराजित गरे। हन्स निएमानले भोखिदोभ (उजबेकिस्तान) विरुद्ध जीत निकाले ।

Comments