FIDE GRAND SWISS 2025: दोस्रो चरणमा को को भिड्दैछन् ?


समरकन्द (उज्बेकिस्तान) —

आज, सेप्टेम्बर ५ तारिखमा FIDE Grand Swiss 2025 र FIDE Women’s Grand Swiss 2025 को दोस्रो चरणका खेलहरू सुरु हुँदैछन्। पहिलो चरणमा जित हासिल गरेका शीर्ष खेलाडीहरू आज एकअर्काविरुद्ध भिड्दै छन्, जसले प्रतियोगिताको प्रतिस्पर्धात्मक स्तरलाई अझ उचाइमा पुर्‍याएको छ।

उद्घाटन चरणमा रोचक परिणाम आएका थिए भने, दोस्रो चरणमा अझै कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। विशेषगरी, विश्व च्याम्पियन डी. गुकेश (भारत) र टर्कीका उदयमान ग्रान्डमास्टर यागिज कान एर्दोग्मुसबीचको खेल सबैको ध्यान केन्द्रित गर्नेछ।

अन्य शीर्ष बोर्डका जोडी यसप्रकार छन्:

म्याक्सिम रोड्स्टाइन (इजरायल) Vs अलिरेजा फिरौजजा (फ्रान्स) 

फ्रेडरिक स्वाने (जर्मनी) Vs नोडिर्बेक अब्दुसत्तोरोभ (उज्बेकिस्तान)

अनिश गिरी (नेदरल्यान्ड्स) Vs ए.आर. सालेह सालेम (यूएई)

अभिमन्यु पुराणिक (भारत) Vs विदित सन्तोष गुजराथी (भारत)

पार्हम मग्सोद्लू (इरान) Vs डेविड एन्टोन गुइजारो (स्पेन)

एन्टोन डेमचेनको (रूस) Vs साम श्यान्कल्यान्ड (अमेरिका)

महिलातर्फ

IM वान्तिका अग्रवाल (2381) vs GM बिबिसारा असाउबायेवा (2505)

IM एलिन रोबर्स (2377) vs GM वैशाली रमेशबाबु (2452)

WIM अफरुजा खाम्दामोवा (2409) vs WGM जेनीया बालाबायेवा (2383)

IM दिनारा वाग्नर (2400) vs WGM मो झाई (2380)

Comments