फिडे ग्रान्ड स्विस २०२५: शीर्ष खेलाडीहरूको दमदार सुरुवात
उज्बेरकिस्तानको ऐतिहासिक शहर समरकन्दमा सुरु भएको फिडे ग्रान्ड स्विस २०२५ को पहिलो चरण रोचक नतिजासहित सम्पन्न भएको छ। यस प्रतिष्ठित प्रतियोगितामा विश्वका ११० भन्दा बढी शीर्ष खेलाडीहरू प्रतिस्पर्धा गरिरहेका छन्, जहाँ शीर्ष दुई स्थान हासिल गर्ने खेलाडीले २०२६ को उम्मेदवार प्रतियोगिता (Candidates Tournament) मा प्रत्यक्ष प्रवेश पाउनेछन्।
निर्णायक जित निकाल्ने शीर्ष खेलाडीहरू
भारतका गुकेश डी ले फ्रान्सेली दिग्गज एटिएन बाक्रोटलाई हराउँदै सशक्त सुरुवात गरे। अलिरेजा फिरोज्जाले इजिप्टका बासेम अमिनलाई हराउँदै आफ्नो क्षमता देखाए। घरेलु दर्शकहरूको मन जित्नेगरी उजबेकिस्तानका नोदिरबेक अब्दुसत्तोरोभले भेलिमिर इभिचमाथि जित हात पारे। नेपाली मुलका डच स्टार आनिश गिरीले आर्मेनियाका रोबर्ट होभान्निस्यानलाई सहजै पराजित गरे। भारतकै विदित गुजरातीले जर्मनीका अलेक्जान्डर डोन्चेन्कोलाई हराउँदै अंकतालिकामा अग्रस्थानमा पुगे। स्पेनका डेभिड एन्टोन गुइजारोले बलियो प्रतिद्वन्द्वी भ्लादिमिर फेडोसेएभलाई हराउँदै सबैलाई चकित पारे। ईरानका पार्हाम मघसुदलुले भारतका आर्यन चोपडालाई पराजित गरे। अमेरिकाका साम शाङ्कल्यान्डले जर्मनीका डेन्निस वाग्नरलाई हराउँदै जित निकाल्न सफल भए। अझै युवा प्रतिभाहरूमा टर्कीका १६ वर्षीय यागिज कान एर्दोग्मुसले दिनको सबैभन्दा ठूलो चकित पार्ने नतिजा निकाल्दै महिला सुपरस्टार अलेक्जान्द्रा गोरियाच्किनालाई हराए । युक्रेनका अनुभवी एन्टोन डेमचेनकोले भारतका दिग्गज पेन्टाला हरिकृष्णालाई पराजित गर्दै ठूलो उलटफेर गरे। यसैबीच, ५६ वर्षीय अनुभवी दिग्गज बोरिस गेल्फान्डले जर्जियाका करिश्माई बादुर जोबाभालाई हराउँदै आफ्नो अनुभव देखाए । रुसका इभान जेम्ल्यान्स्कीले अलेक्जान्दर इन्जिकलाई हराउँदै आफ्नो नाम अग्रस्थानमा राखे।
बराबरीमा टुंगिएका प्रमुख खेलहरू
प्रतियोगिताको स्वरूपअनुसार धेरै शीर्ष खेलाडीहरू बीचका खेल बराबरीमा टुंगिएका छन् । जेफ्री सियोंग – प्रज्ञानानन्दा आर, अर्जुन एरिगैसी – मक्सिम चिगाएभ, लेभोन आरोनियन – हाइक मार्टिरोस्यान, इयान नेपोम्नियाच्ची – आन्द्रेई भोलोकीतिन, माक्सिम भाचियर–लग्राभ – सानान स्जुगिरोभ, हान्स नीमान – ग्याब्रियल सार्गिस्यान, रिचर्ड रापोर्ट – रस्लान पोन्मारियोभ, जाभोखिर सिन्डारोभ – अराम हाकोब्यान बीचको खेलहरू लगायत अन्य दर्जनौं खेलहरू पनि बराबरीमा सकिए।
पहिलो चरणपछि अग्रस्थानमा रहेका खेलाडीहरू (१ अंकसहित विजेता समूह)
गुकेश डी (भारत), अलिरेजा फिरोज्जा (फ्रान्स), नोदिरबेक अब्दुसत्तोरोभ (उजबेकिस्तान), आनिश गिरी (नेदरल्याण्ड्स), विदित गुजराती (भारत), डेभिड एन्टोन गुइजारो (स्पेन), पार्हाम मघसुदलु (ईरान), साम शाङ्कल्यान्ड (अमेरिका), एन्टोन डेमचेनको (युक्रेन), आयदिन सुलेयमान्ली (अजरबैजान), बोरिस गेल्फान्ड (इजरायल), इभान जेम्ल्यान्स्की (रुस), यागिज कान एर्दोग्मुस (टर्की),
पहिलो चरणका मुख्य आकर्षण
भारतका तीन शीर्ष खेलाडी (गुकेश, विदित, सिन्डारोभ) सबैले मजबुत प्रदर्शन देखाए।
घरेलु दर्शकहरूको अपेक्षा अनुसार अब्दुसत्तोरोभले उत्कृष्ट सुरुवात गरे।
अनुभवी दिग्गज बोरिस गेल्फान्ड अझै पनि प्रतिस्पर्धी रहेको प्रमाणित गरे।
किशोर प्रतिभा यागिज कान एर्दोग्मुसको जितले प्रतियोगितालाई अझै रोचक बनाएको छ।
Comments
Post a Comment