- Get link
- X
- Other Apps
Popular Posts
कोशी प्रदेश बुध्दिचाल संघको पहलमा कृष्ण थापाको उपचारका लागि सहयोग संकलन
- Get link
- X
- Other Apps
उरुग्वेले पेरुलाई ३–० ले हराउँदै सहज जित निकाल्दा पेरुको विश्वकप यात्रामा भने पूर्णविराम लागेको छ। सोही स्कोरलाइनमा कोलम्बियाले बोलिभियालाई पराजित गर्दै समूह चरणमै चम्किलो प्रदर्शन दोहोर्यायो। पराग्वेले गोलरहित बराबरी खेल्न पुग्यो तर अंकतालिकामा पर्याप्त दूरी कायम गर्दै ऐतिहासिक प्रवेश सुनिश्चित गर्यो।
यसअघि नै अर्जेन्टिना, ब्राजिल र इक्वेडरले पनि आफ्ना टिकट पक्का गरिसकेका थिए। यससँगै दक्षिण अमेरिकी टोलीहरूमध्ये ६ देशले विश्वकप २०२६ मा स्थान सुरक्षित गरिसकेका छन्।
कोलम्बियाको जितमा कप्तान जेम्स रोड्रिगेज चम्किए। उनले ३१औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। दोस्रो हाफमा जोन कोर्डोबा र जुआन फर्नान्डो क्विन्टेरोले गोल थपेपछि जित पक्का भयो।
साबिक विजेता अर्जेन्टिनाले पनि भेनेजुएलामाथि प्रभावशाली ३–० को नतिजा निकाले। स्टार लिओनल मेसीले दुई गोल गर्दै पुनः आफ्नो जादुई प्रदर्शन देखाए। तालिकाको शीर्षस्थानमा रहेको अर्जेन्टिना दक्षिण अमेरिकी छनाैटको शीर्ष स्थानमा रहने निश्चित भइसकेको छ ।
Comments
Post a Comment