ग्रान्ड स्विसको पाँचौँ चरण: मघसुदलु अग्रता कायम, गुकेश–प्रज्ञानन्दा पराजित
२०२५ फिडे ग्रान्ड स्विसको पाँचौँ चरणमा इरानका परहम मघसुदलुले रिचर्ड रापोर्टलाई पराजित गर्दै एकल अग्रता कायम राखेका छन् ।
शीर्ष बोर्डमा मघसुदलुको जितपछि उनी अपराजित रहँदै तालिकाको शिखरमा छन्। तर, दिनको सबैभन्दा ठूलो सनसनी भने भारतीय स्टार गुकेश डी र आर. प्रज्ञानन्दा दुवैको हार रह्यो। गुकेशलाई अमेरिकन किशोर अभिमन्यु मिश्राले पराजित गरे भने प्रज्ञानन्दा जर्मनीका म्याथियास ब्लुबाउमसँग पराजित भए।
अन्य महत्त्वपूर्ण नतिजामा, अर्जुन एरिगासीले निकिता वितिउगोभलाई हराए, फ्रान्सका मार्क’आन्द्रिया मौरिजीले भिन्सेन्ट काइमरलाई हराउँदै ठूलो उलटफेर गरे। यसैबीच, अलिरेजा फिरुजजाले साम श्यान्कल्यान्डको अन्तिम चरणको गल्तीको फाइदा उठाउँदै जित दर्ता गरे।
Comments
Post a Comment