कोशी प्रदेश बुध्दिचाल संघको पहलमा कृष्ण थापाको उपचारका लागि सहयोग संकलन


कोशी प्रदेश चेस संघको आव्हानमा कृष्ण थापाको उपचारका लागि सहयोग संकलन अभियानले उल्लेखनीय सफलता हासिल गरेको छ। कोशी प्रदेशका ९ जिल्ला र मधेश प्रदेशको १ जिल्लाबाट ४५ जना सहयोगी मनहरूले हालसम्म रू. ६३,००० संकलन गरिसकेका छन्।

यस अभियानमा सक्रिय भूमिका खेल्ने धरान निवासी हिमाल राई, झापा निवासी बसन्त लामा, र ताप्लेजुङ निवासी राजकुमार मेयाङ्बोलाई विशेष धन्यवाद दिइएको छ। उनीहरूले सम्पर्क र समन्वयमा उल्लेखनीय योगदान पुर्‍याएका छन्।

सहयोगी हातहरूलाई सलाम गर्दै चेस संघले सम्पूर्ण दाताहरूको नाम सार्वजनिक सूचीमा समावेश गरेको छ। 

संघले थप सहयोगको लागि आह्वान गर्दै इच्छुक व्यक्तिहरूलाई कृष्ण थापासँग प्रत्यक्ष सम्पर्क गर्न वा संघमार्फत सहयोग पुर्‍याउन आग्रह गरेको छ। 

यदि सूचीमा कुनै त्रुटि देखिएमा संघलाई जानकारी गराउन अनुरोध गरिएको छ।

Comments