9th Negombo International Rating Chess Festival 2025: नेपालका सुदीप तामाङ सातौँ
श्रीलङ्काको वासना रिसोर्ट, कन्दानामा सम्पन्न ९औँ नेगोंबो अन्तर्राष्ट्रिय रेटिङ चेस फेस्टिवल २०२५ मा भारतका इन्टरनेशनल मास्टर आर्यन वर्ष्नेय ले शतप्रतिशत नतिजासहित उपाधि हात पारेका छन्। आर्यनले खेलेका सबै ९ खेलमा जित दर्ता गर्दै ९ अंक बटुलेका थिए।
श्रीलङ्काका लक्शिरी ए ए कविश्का गिम्सान र वीरसिंघे सेथुम ले समान ७.५–७.५ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे।
नेपालका सुदीप तामाङ (रेटिङ १८६९) ले पनि उत्कृष्ट प्रदर्शन गर्दै ७ अंकसहित ७औँ स्थान हासिल गरे। उनले पहिलो, तेस्रो, चौथो, पाँचौँ, छैटौँ र नवौँ चरणमा जित निकाले भने दोस्रो र आठौँ चरण बराबरीमा रोकिए। एक मात्र हार उनले सातौँ चरणमा उपाधि विजेता IM आर्यन वर्ष्नेयविरुद्ध व्यहोरेका थिए।
यो प्रतियोगिता सेप्टेम्बर ४ देखि ८ सम्म, ९ चरणको स्विस–सिस्टममा सम्पन्न भएको हो। आयोजक गम्पाहा जिल्ला चेस संघ रहेको प्रतियोगितामा तीन सय बढी खेलाडीहरूको सहभागिता थियो।
Comments
Post a Comment