9th Negombo International Rating Chess Festival 2025: सुदीप तामाङको शानदार यात्रा, सातौं चरणमा IM विरुद्ध भिड्दै
श्रीलंकामा जारी ९औं नेगोम्बो इन्टरनेशनल रेटिङ चेस फेस्टिवल २०२५ मा नेपाली खेलाडी सुदीप तामाङले प्रभावशाली प्रदर्शन गरिरहेका छन्।
१८६९ फिडे रेटिङका तामाङले अहिलेसम्मका ६ खेलमा ५.५ अंक बटुलेका छन् र असाधारण लयमा रहेका छन्। पहिलो चरणदेखि लगातार उत्कृष्ट नतिजा दिंदै उनले दोस्रो चरणमा बराबरी खेलेका थिए भने त्यसपछि चार खेलमा लगातार जित दर्ता गरेका छन्। विशेषगरी, उनले पाँचौं चरणमा महिला क्याण्डिडेट मास्टर (WCM) सेथुम्ली देव्हारा पल्लियागे र छैटौं चरणमा श्रीलंकाका इसुरु उदाना समरासिङ्घेलाई पराजित गर्दै उच्च स्तरको खेल प्रस्तुत गरेका छन्।
अब सातौं चरणमा तामाङले भारतका बलिया इन्टरनेश्नल मास्टर आर्यन वर्श्ने (२४८९) सँग महत्वपूर्ण खेल खेल्दैछन्। विशेष गरी साताैँ चरणको भिडन्तलाई नेपाली चेस समुदायले उत्साहपूर्वक हेरिरहेको छ।
Comments
Post a Comment