फ्रान्स हारबाट बच्यो, अर्जेन्टिना विजयी
विश्वकपमा खराब प्रर्दशनको कारण अालोचित अर्जेन्टिनाले इराकमाथि गोलको वर्षा गरेकाे छ । अर्जेन्टिनाका प्रमुख खेलाडीहरू मेस्सी, अग्युरियो, हिग्विन टिममा नभए पनि मैत्रीपूर्ण खेल अन्तर्गत गए राति सम्पन्न खेलमा मार्टिनेजले १८ अाैं मिनेटमा अर्जेन्टिनाको तर्फबाट पहिलो गोल गरेका थिए । पहिलो हाफमा १ः० ले अगाडि रहेको अर्जेन्टिनाले इराकविरूद्ध बाँकी तीन गोल दाेस्राे हाफमा गरेकाे थियो । परेराले ५३ अाैं मिनेटमा, पेजेल्लाले ८२ अाैं मिनेटमा र केर्भीले इन्जुरी समयको पहिलो मिनेटमा गोल गरे पछि इराक फराकिलो अन्तरले पराजीत भएको थियो ।
अर्काे खेलमा विश्व विजेता टोली फ्रान्स अाइसल्याण्डको हातबाट हार्नबाट बचेको छ । फ्रान्सलार्इ पराजीत हुनबाट जाेगाउन एम्बाप्पेले नियमित समयको अन्तिम मिनेटमा पेनाल्टी मार्फत बराबरी गोल गरेका थिए । पहिलो हाफमा १ः० ले पछाडि परेकाे विश्व विजेता टाेली दाेस्राे हाफको ५८ अाैं मिनेटमा २ः० ले पछाडि परेको थियो । खेलको ८६ अाैं मिनेटमा अाइसल्याण्डले अात्मघाती गोल गरेपछि फ्रान्स खेलमा फर्किएको थियो ।
अन्य नतिजाहरूः
यूएर्इ १-१ हाेन्डुरस
टर्की ०-० बाेस्निया हर्जगोबिना
वेल्स १-४ स्पेन
युएसए २-४ काेलम्बिया
मेक्सिको ३-२ काेस्टा रिका
Comments
Post a Comment