शहीद स्मारक ए डिभिजन लिग सुरूः अंक बाँडे अार्मी र एनअारटीले

Photo: Goalnepal.com
एन्फाका तत्कालिन अध्यक्ष गणेश थापालार्इ फिफाले भ्रष्ट्राचारी ठहर गर्दै कारवाही गरेपछि राेकिएको लिग कर्मा छिरिङ शेर्पाले नेतृत्व लिएसँगै चालु भएको छ ।
अाज सम्पन्न उद्घाटन खेलमा एनअारटी अार्मी विरूद्ध दुर्इ पटक अग्रता बनाएर पनि अंक बाँड्न बाध्य भएको छ । स्टार खेलाडीहरूले भरिएको अार्मी विरूद्ध एनअारटी खेलको १२ अाैं मिनेटमा रोजित प्रजापतीको गोलबाट पहिलो पटक अग्रता लिएको थियो । अार्मीका सन्तोष तामाङले पहिलो हाफ सकिन ७ मिनेट अगाडि बराबरी गोल फर्काएका थिए । एनअारटीले दाेस्राे हाफको ६४ अाैं मिनेटमा पुनः राजेश परियारको गोलबाट अग्रता बनायो । तर, अतिरिक्त समयको छटाैं मिनेटमा फेरि सन्तोष तामाङले अार्मीको लागि गोल गरेपछि एनअारटी स्तब्ध बन्याे ।
खेलको म्यान अफ द म्याच एनअारटीका गोल रक्षक अजित प्रजापतीले रू. १०,०००।– र ट्रफी हात पारे ।
अार्मीका काेच नवीन न्याैपानेले बराबरीले उपाधी दाैडमा धक्का पुगेको बताए भने एनअारटीका काेच महेश्वोर मुल्मीले एम्पायरले पटक पटक गलत निर्णयका कारण जीतबाट बञ्चित भएको बताए । 

Comments

Popular Posts