फिफाद्वारा गणेश थापालाई प्रतिबन्ध
अाफूलार्इ कारवाही गरे फिफाले नेपाली फूटबललार्इ नै प्रतिवन्ध लगाउने धम्की दिदै अाएका अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापालार्इ विश्व फुटवलको छाता संगठन फिफाले आजकै मितिदेखि फुटबल गतिविधिमा प्रतिबन्ध लगाएको छ । थापा एसियाली फुटबल महासंघको उपाध्यक्षसमेत हुन् ।
उनलाई फिफाको एथिक्स कमिटीको अनुसन्धान निकायले १ सय २० दिनका लागि फुटबल सम्बन्धी कुनै पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय गतिविधमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको हो ।
फिफाको वेवसाइटमा राखिएको जानकारी अनुसार थापाले अव राष्ट्रिय र अन्तर्राष्ट्रिय फुटबलको प्रशासनिक, खेल र अन्य कुनै कार्यमा तोकिएको अवधीसम्म संलग्न हुन पाउने छैनन् । उक्त कारवाही फिफा आचारसंहिताको धारा ३६ अनुसार गरिको पनि उल्लेख गरेको छ । फिफाको एथिक्स किमटीले उनीमाथि लागेको अनियमितता सम्बन्धी आरोपहरुको समीक्षा गरिरहेको समेत उल्लेख गरेको छ ।
Comments
Post a Comment