सिंगापुरिवरुद्ध नेपालको सानदार जीत
मलेसियामा जारी आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन ३ प्रतियोगितामा नेपालले तेस्रो खेलमा सिंगापुरमाथि ठूलो अन्तरले जित हात पारेको छ । नेपालले सिंगापुरलाइ १९० रनको अन्तरले हराएको हो ।
ज्ञानेन्द्र मल्लको शतकबाट प्रेरित नेपाली टोलीको लागि सोमपाल कामी, बसन्त रेग्मी र अमृत भट्टराईको उत्कृष्ट बलिङ पस्किए । टस हारेर पहिलो व्याटिङ निम्तो पाएको नेपाली टोलीले सिंगापुरलाई २६४ रनको लक्ष्य दिएको थियो ।
सिंगापुरले २१ ओभर ४ बल खेल्दै आफ्ना सबै खेलाडी गुमायो । उसले ७३ रन मात्र बनाउन सक्यो ।
नेपालको लागि सोमपालले ४, रेग्मीले ४ र भट्टराईले ३ विकेट लिए । ९ ओभर बलिङ गरेका सोमपालले ३ मेडन लिए भने ४१ रन मात्रै खर्चिए । ५ ओभर ४ बल फ्यालेका रेग्मीले मात्र ६ रन खर्चेर ४ विकेट लिएका हुन् ।
पहिलो इनिङमा ओपनर सुबास खकुरेल दोस्रो बलमै पभेलियन फर्किए पनि त्यसपछि नेपालकेा व्याटिङ लाइनले गति लियो । उपकप्तान मल्लले १२५ बल खेल्दै ११४ रन जोडे । मल्लको शतक जारी प्रतियोगिताको पहिलो हो ।
ओपनर नरेश बुढाएर २९ रन जेाडेर बाहिरिए भने शरषद भेषवाकरको नाममा २५ रन रह्यो । बसन्त रेग्मी र सागर पुनले समान २१ रन जोडे । कप्तान पारस खड्काले १४ रनको योगदान दिए । उनी १९ औं बलमा क्यान आउट भएका थिए ।
बिनाेद भण्डारीले ८ बल मात्र खेलेर ८ रन जोड्दा अमृत भट्टाइले नटआउट १४ रन जोडे । पुनले पनि नटआउट २१ रनको योगदान गरेका थिए ।
पहिलो युगाण्डासँग २० रनले पराजित नेपालले दोस्रो खेलमा बर्मूडालाई ८ विकेटले हराएको थियो । डिभिजन ३ को शीर्ष दुई टोली डिभजन २ मा बढूवा हुनेछन् । नेपालले भोलि यूएसएसँग चौथो खेल खेल्नेछ ।
Comments
Post a Comment