गणेश थापाले एन्फा अध्यक्ष छोडे

गाेविन्द रेग्मी
भ्रष्टाचारको अभियोगमा संसद्को सार्वजनिक लेखासमितिले कारबाहीका लागि निर्देशन दिएपछि नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापाले पदबाट राजीनामाको घोषणा गरेका छन् ।
संसद्को सार्वजनिक लेखासमितिको निर्देशनअनुसार खेलकूद परिषद्ले कारबाहीको प्रक्रिया थालेपछि सोमबार सातदोबाटोस्थित फिफा कम्प्लेक्समा पत्रकार सम्मेलन गरी थापाले पद छोडेको घोषणा गरेका छन् । छानबिनका लागि सहयोग गर्न दुई महिना आफू बाहिर रहने बताएका छन् ।

भ्रष्टाचारको अभियोगमा आफूमाथि कारबाही हुने निश्चित भएपछि तनावमा रहेका थापाले अन्तिम अस्त्रका रुपमा अब अन्तराष्ट्रिय फुटबल महासंघ (फिफा)लाई पनि गुहारेका थिए।  फुटबलमा प्रतिबन्धको धम्की दिदै फिफालाई गुहारेका हुन् । नेपालको फुटबलमा सरकारले राजनीतिक हस्तक्षेप भएको भन्दै प्रतिबन्ध लगाउनका लागि फिफालाई आग्रह गरेका छन् । नेपाली फुटबलमा राजनीति भएको भन्दै निकै आक्रोशित रुपमा प्रस्तुत भएका थिए।
लेखा समितिले आर्थिक हिनामिना गरेको निश्कर्ष निकाल्दै एन्फाका अध्यक्ष गणेश थापासहित तीन पदाधिकारीलाई पदबाट हटाउन खेलकूद मन्त्रालयलाई निर्देशन दिएपछि मन्त्रालयले कारबाही थाल्न खेलकूद परिषद्लाई पत्राचार गरेको थियो।
गणेश थापाको नेतृत्वको एन्फामा करिब ५८ करोड भ्रष्टाचार भएको निश्कर्ष लेखा समितिको छानबिनले निकालेको थियो । एन्फालाई निजी स्वार्थ र लाभका लागि दुरुपयोग गरेको अभियोग थापामाथि लागेको छ। भ्रष्टाचारको अभियोगमा विस्तृत अनुसन्धान गरी कानुनबमोजिम कारबाही गर्न लेखासमितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि निर्देशन दिएको छ।

Comments

Popular Posts