नेपालले कुवेतलाई हरायो, क्वार्टरफाइनल नजिक
एएफसी यू १६ च्याम्पियनसिप अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले कुवेतलाई २–१ को अन्तरले हराएको छ ।
थाइल्याण्डको मुवाङथोङ रंगशालामा २४ भदौ दिउँसो भएको खेलमा नेपालले खेलको दोस्रो मिनटमै पहिलो गोल गरेको थियो ।
पहिलो हाफको दोस्रो मिनटमा अन्जन बिष्टले हानेको किक कुबेतका खेलाडीको खुट्टामा लागेर आत्मघाती गोल पुगेको थियो । त्यसपछि खेलको ७५ औं मिनटमा कुवेतले पाएको पेनाल्टीको सदुपयोग गर्दै खेललाई १–१ को बराबरीमा पुर्यायो ।
पहिलो खेलमा प्रतिबन्धका कारण बेञ्चमा बसेका कप्तान बिमल घर्ती मगरले खेलमा राम्रो प्रदर्शन गरे ।
कुवेती खेलाडीले नेपालका अन्जन विष्टलाई लडाएपछि ८१ औ मिनटमा पाएको पेनाल्टीलाई विमल घर्ती मगरले गोलमा परिणत गर्दै नेपाललाई २–१ को अग्रता दिलाए । यही गोल नै नेपालका लागि निर्णायक गोल सावित भयो ।
कुबेतलाई हराएर ४ अंक बटुलेको नेपाल अब क्वार्टर फाइनलको नजिक पुगेको छ । यसअघि उजबेक्स्तिानसँग नेपालले १–१ को बराबरी खेलेको थियो । समूह सी कै अर्काे खेलमा साविककाे विजेता उज्वेकिस्तानले उत्तर काेरिया विरूद्घ ३-२ काे जीत दर्ता गरेकाे छ ।
Comments
Post a Comment