नेपालले उज्वेकिस्तानसँग बराबरी खेल्यो

नेपालले १६ बर्षमुनिको एएफसी च्याम्पियनसिप फुटवलमा उज्वेकिस्तानसँग बराबरी खेलेको छ ।
थाइल्याण्डमा आफ्नो पहिलो खेलमा नेपालले समूहको सबैभन्दा बलियो मानिएको टोली उज्वेकिस्तानसँग १–१ को बराबरी खेलेको हो ।
५३ औं मिनेटमा पेनाल्टिबाट अग्रता लिएपनि अतिरिक्त समयको अन्तिम मिनेटमा किरण सुनारले गोल गर्दै खेल बराबरीमा पुर्‍याएका हुन् । प्रतियोगिताको समुह सीमा रहेको नेपालले मंगलबार उत्तर कोरियासँग र बिहीबार कुवेतसँग खेल्नेछ ।  अाजै सम्पन्न समूह सी काे अर्काे खेलमा उत्तर काेरियाले कुवेतलार्इ ३-० ले पराजीत गर्दै ३ अंक बटुलेकाे छ । समुहको शीर्ष २ स्थानमा रहे नेपाल नकआउट चरणमा पुग्ने छ ।

Comments

Popular Posts