सुरुआतमा भान पर्सी नहुने
म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगको नयाँ सिजन सुरु गर्दा नेदरल्यान्ड्सका स्ट्राइकर रोविन भान पर्सीको साथ नपाउने भएको छ। गतमहिना ब्राजिलमा सम्पन्न विश्वकपपछि आराम गरिरहेका भान पर्सीले छुट्टी लम्बाएका कारण स्वान्सी सिटीविरुद्धको पहिलो खेलमा उनी अनुपस्थित हुने पक्का भएको छ।
अघिल्लो महिना उनको कप्तानीमा नेदरल्यान्ड्स विश्वकपमा तेस्रो भएको थियो। तेस्रो स्थानको प्लेअफमा नेदरल्यान्ड्सले आयोजक ब्राजिललाई ३–० ले हराएको थियो।
३० वर्षे भान पर्सी प्रिसिजन तयारीका लागि टोलीसँग अमेरिका भ्रमणमा पनि गएनन्। नयाँ सिजनको चार दिनअघि ओल्ड ट्राफोर्डमा भ्यालेन्सियाविरुद्ध हुने अन्तिम मैत्रीपूर्ण खेलमा पनि भान पर्सी खेल्ने छैनन्।
युनाइटेडका प्रशिक्षक लुइस भान हालका अनुसार भान पर्सीले सोमबारबाट प्रशिक्षण सुरु गर्नेछन्। चोटका कारण उनले पछिल्लो सिजन केही खेल गुमाएका थिए। पूर्ण रुपमा फिट नभएसम्म उनलाई खेलाउन हतार नगरिने भान गालले बताएका छन्।
'तीन सातादेखि छुट्टीमा रहेका खेलाडीलाई म्याच फिटनेस आवस्यक पर्छ,' भान हालले भने, 'खेलाडीले अभ्यास गर्न जुरुरी छ। खेल्नुअघि उनी पूर्ण रुपमा फिट हुनु आवस्यक छ। मेरो निर्णयको आलोचना होला। तर तीन साता आराम गरेका खेलाडीलाई के गर्नुपर्छ भन्ने मलाई राम्ररी थाहा छ।'
भान हालले भान पर्सी चाडै फिट हुने आशा व्यक्त गरे। 'उनी चाँडै फिट हुन सक्छन्। तर अहिले उनी खेल्ने छैनन्। मलाई थाहा छ, उनी सबै खेल खेल्न चाहन्छन्। तर टोलीमा अन्य ३० खेलाडी पनि छन्,' भान हालले भने।

Comments
Post a Comment