एशियाली खेलकुदको तयारी तीव्र : खेलकुद परिषद
राष्ट्रिय खेलकुद परिषदले १७ औं एशियाली खेलकुद प्रतियोगिता तयारी तीव्र पारेको छ । प्रतियोगिता दक्षिण कोरियाको इन्च्योनमा असोज ४ बाट शुरु हुँदैछ । राखेप सदस्य– सचिव युवराज लामाको अध्यक्षतामा आज बसेको बैठकले तयारीलाई तीव्र पार्ने निर्णय गरेको हो । यही साउन २० गतेदेखि एशियाली खेलकुदमा सहभागिता जनाउने खेलाडीहरुलाई वन्द प्रशिक्षणमा राख्ने निर्णय गरेकोसदस्य–सचिव युवराज लामाले जानकारी दिनुभयो । परिषदको कार्यकारी बोर्ड बैठकले आवश्यक तयारीलाई अन्तिमरुप दिने लामाले उल्लेख गर्नुभयो ।
यसैबीच, परिषदका उपाध्यक्ष लामा टेण्डी शेर्पाको अध्यक्षतामा गठित १७ औं एशियाली खेलकुद प्रतियोगिता तयारी समिति गठन संवन्धमा सर्वोच्च अदालतले आज कारण देखाऊ आदेश जारी गरेको छ । परिषदका सदस्य–सचिव लामाले उपाध्यक्षको अध्यक्षतामा गठित तयारी समिति अबैधानिक भएको भन्दै दायर गरेको मुद्दामा सर्वोच्चले यस्तो आदेश जारी गरेको हो । सर्वोच्चका न्यायाधीश दिपकराज जोशीको एकल इजलासले विपक्षी युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलको नामा कारण देखाऊ आदेश जारी गरेको हो ।

Comments
Post a Comment