लुकाकुलाई एभर्टनको कीर्तिमानी रकम
एभर्टनले बुधबार क्लबको कीर्तिमानी रकममा बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुलाई भित्र्याएको छ। एभर्टनले उनका लागि २ करोड ८० लाख पाउन्ड चेल्सीलाई तिरेको हो। गत सिजन चेल्सीबाट लोनमा खेल्न आउँदा लुकाकुले ३३ खेलमा सहभागिता जनाउँदै एभर्टनबाट सबैभन्दा बढी १६ गोल गरेका थिए। त्यसबाट एभर्टनले पाँचौं स्थानमा प्रिमियर लिग यात्रा टुंग्याएको थियो।
स्पेनिस च्याम्पियन एट्लेटिको मड्रिडबाट डिएगो कोस्टा र भेट्रान डिडियर ड्रोग्बा फर्किएकाले बेल्जियमबाट विश्वकपमा खेलेका २१ वर्षे लुकाकुको चेल्सीमा सम्भावना कमजोर बनेको थियो।
'उनले चेल्सीबाटै खेल्न चाहेका थिए। तर पहिलो रोजाइबाट खेल्ने उनको चाहना हो, जुन निकै गाह्रो वाचा थियो,' चेल्सी व्यवस्थापक जोजे माउरिन्होले भने। बेल्जियमकै मिडफिल्डर मारोउनी फेलानीलाई १ करोड ५० लाख खर्च गर्नु एभर्टनको यसअघिको ठूलो सरुवा रकम थियो।
'एभर्टनमा फेरि आबद्ध हुन पाउँदा म उत्साहित छु। गत सिजन मैले यहाँ राम्रो अनुभव बटुलेको थिएँ। व्यवस्थापक रोबर्टो मार्टिनेज, क्लब प्रमुख, कर्मचारी, खेलाडी र प्रशंसकसँग राम्रो सम्बन्ध छ, त्यसैले फेरि आबद्धता लागि म व्यग्र छु र मैले सफल नयाँ सत्रका लागि पर्खिरहेको छु,' लुकालुले भने।
उनले अगाडि भने, 'यो त्यही स्थान हो, जसका लागि म खेल्न चाहन्छु। मसँग धेरै विकल्प थिए। तर प्रिमियर लिगकै क्लबबाट खेल्न चाहन्थेँ। त्यसैले मैले तत्काले यहाँ फर्किने निर्णय गरिहालेँ। म २१ वर्षको भएछु र मैले चालेको यो सही निर्णय हो। म राम्रो टोलीबाट माथिल्लो स्तरमा खेल्न चाहान्छु। गत वर्ष निकै राम्रो भयो। त्यसैले म जस्ता युवा खेलाडीलाई अगाडि बढ्न यो राम्रो स्थान आयो भन्ने मेरो विचार हो। त्यसैले म निकै खुसी छु।'
हालैका वर्षहरूमा प्रिमियर लिगका प्रतिद्वन्द्वी टोलीमा आर्थिक हिसाबमा पछाडि परिरहे पनि मार्टिनेजले क्लबको आधिकारिक वेबसाइटमा लुकाकुलाई भित्र्याउनुले क्लबको उद्देश्य प्रस्ट्याउने बताए। 'लुकाकुलाई स्थायी रूपमा भित्र्याउनु एभर्टनमा सबैले सुन्न चाहेको शब्द हो,' मार्टिनेजले भने, 'उनी अझै युवा हुन् भन्ने हामीलाई थाहा छ, उनीसँग जुन प्रतिभा छ, त्यो विशेष छ। लुकाकु भित्र्याउँदै हामी नयाँ सिजनलाई तयार हुन चाहन्छौं।'
लुकाकुले राष्ट्रिय टोलीबाट ३२ खेल खेलिसकेका छन्। २०११ मा चेल्सी आउनु अघि उनले बेल्जियम टोली एन्डरलेकबाट प्रभावशाली प्रदर्शन गरेका थिए। एन्डरलेकबाट ७२ खेलमा ३३ गोल गरेका लुकाकुले २००९–१० मा १५ गोल गर्दै लिग उपाधि दिलाए। अर्को वर्ष १६ गोल गरेपछि उनी चेल्सी आएका हुन्। एन्डरलेक छाड्दा उनका लागि चेल्सीले १ करोड ८० लाख पाउन्ड खर्चेको थियो।
उनले चेल्सीबाट अहिलेसम्म १५ खेलमात्र खेल्न पाएका छन्। २०११–१२ मा उनले केही अवसर पाए। २०१२–१३ मा उनले वेस्ट ब्रोमबाट लोनमा खेल्दै सबै ३८ खेल खेली १७ गोल गरेका थिए, जसका कारण वेस्ट ब्रोम राम्रो प्रदर्शन गर्दै आठौं स्थानमा परेको थियो।

Comments
Post a Comment