नसच्चिए कारबाही गर्ने चेतावनी

अखिल नेपाल फुटवल संघ एन्फाले नेतृत्वबिरुद्ध आन्दोलन थालेका चार ए डिभिजनका क्लवहरुलाई सच्चिन आग्रह गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार बसेको एन्फा कार्यसमिति बैठकले नसच्चिए कारबाही गर्ने चेतावनी दिएको हो।
मच्छिन्द्र, हिमालयन शेर्पा, सरस्वती र फ्रेण्ड्स क्लवलाई एन्फाले  सच्चिन आग्रह गरेको हो।  एन्फाको प्रतियोगितामा उनीहरुले सहभागिता जनाएर दिन बाँकी रहेको रकम दिने अध्यक्ष गणेश थापाले बताए।
खेलका दौरान भएको निर्णयमा चित्त नबुझेर अदालतसम्म पुगेको फ्रेण्ड्स क्लवलाई भने एन्फाले मुद्दा फिर्ता लिन आग्रह गरेको छ। बैठकले मुद्दा फिर्ता लिन उसलाई २१ दिनको समय दिएको छ । बैठकले यो वर्ष बढीमा १२ वटा क्लवको सहभागितामा आगामी कात्तिकमा राष्ट्रिय लिग गर्ने निर्णय गरेको छ।

Comments

Popular Posts