नाइजेरियाली किशोरीको स्वर्ण पदक खोसियो
प्रतिबन्धित लागूऔषध सेवन गरेको प्रमाणित भएपछि स्कटल्यान्डमा जारी राष्ट्रमण्डलीय खेलकुद प्रतियोगितामा सहभागी एक नाइजेरियाली खेलाडीको स्वर्ण पदक खोसिएको छ। प्रतिबन्धित औषधि सेवन गरेको प्रमाणित भएपछि नाइजेरियाकी १६ वर्षीया सिका आमालाहले स्वर्ण पदक गुमाउनु परेको हो।
महिला भारोत्तोलन खेलाडी सिकाले ५३ केजी तौलसमूहमा स्वर्ण पदक जितेकी थिइन। उनी राष्ट्रमण्डलीय खेलकुदको इतिहासमा स्वर्ण पदक जित्ने सबैभन्दा कम उमेरकी महिला खेलाडी पनि बनेकी थिइन्। प्रारम्भिक परीक्षण असफल भएपछि गत मंगलबार नै उनलाई निलम्बन गरिएको थियो। शुक्रबार दोस्रो परीक्षणबाट पनि उनले प्रतिबन्धित औषधि सेवन गरेको प्रमाणित भएपछि स्वर्ण पदक खोस्ने निर्णय गरिएको हो।
सिकाले आफ्नो तौलसमूहमा स्वर्ण पदकसँगै नयाँ कीर्तिमान पनि बनाएकी थिइन्। उनले समग्रमा एक सय ९६ केजी भार उचालेकी थिइन्। यसअघि उक्त स्पर्धाको समग्रमा एक सय ८८ केजीको कीर्तिमान थियो। उक्त स्पर्धामा पपुवा न्युगिनीकी डिका टुआले रजत र भारतकी सन्तोषी मात्साले कांस्य पदक जितेका थिए। भारतकै स्वाती सिंह चौथो भएकी थिइन्।
प्रतिबन्धित औषधि सेवन गरेको आरोपमा सिकाको स्वर्ण पदक खोसिएपछि अब उक्त पदक दोस्रो हुने खेलाडी डिकाले पाउनेछिन्। रजत पदक भारतकी सन्तोषी र कांस्य पदक पनि भारतकै स्वातीको हातमा पर्नेछ। सिकामाथि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने गरी प्रतिबन्धको कारबाही पनि हुनेछ। सिकाले भने हालसम्म यस विषयमा कुनै प्रतिक्रिया दिएकी छैनन्। यसअघि सन् २०१० मा भारतको नयाँदिल्लीमा आयोजना भएको राष्ट्रमण्डलीय खेलकुदमा पनि नाइजेरियाका तीनजना धावक 'डोपिङ' मा परेका थिए।
यसैगरी राष्ट्रमण्डलीय खेलकुदमै सहभागी अर्का भारोत्तोलकमाथि यौन दुव्र्यवहारको आरोप लागेको छ। पपुवा न्युगिनीका २२ वर्षीय खेलाडी टुआ युडीमाथि ग्लास्गोस्थित एक सुपर मार्केटमा महिलामाथि दुव्र्यवहार गरेको आरोप लगाइएको छ।
स्थानीय प्रहरीले अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको छ। टुआले भने आफूमाथि लागेको आरोप निराधार भएको दाबी गरेका छन्। उनले राष्ट्रमण्डलीय खेलकुदमा ७७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका थिए। उनी आफ्नो स्पर्धामा नवौं भएका थिए।
यसैगरी प्रतियोगितामा सहभागी भएका अर्का भारोत्तोलक पनि विवादमा मुछिएका छन्। अस्ट्रेलियाका भारोत्तोलन खेलाडी फ्रान्कोइस एटुन्डीमाथि अर्का खेलाडीलाई जानीजानी टाउकोले हिर्काएर घाइते बनाएको आरोप लागेको छ। क्यामरुनमा जन्मिएका २० वर्षीय एटुन्डीले प्रतियोगितामा अस्ट्रेलियाका लागि पदकसमेत जितेका थिए।
एटुन्डीले बुधबार राति ओलम्पिक भिलेजको डाइनिङ हलमा वादविवाद भएपछि वेल्सका खेलाडी गारेथ एभन्सलाई टाउकोले हिर्काएको समाचारमा जनाइएको छ। एटुन्डीको प्रहारका कारण एभन्सको नाक भाँचिएको थियो। एटुन्डीले पुरुष ७७ केजी तौलसमूहमा कांस्य पदक जितेका थिए। भारोत्तोलनकै खेलाडी एभन्स भने ६२ केजी तौलसमूहमा पाँचौं भएका थिए। एटुन्डीले एभन्सलाई ६ सय ७५ अमेरिकी डलर क्षतिपूर्ति तिर्नुपर्ने भएको छ।

Comments
Post a Comment