क्रिकेटमा नेपालको विजयी शुरुवात
एसिसि अण्डर १६ प्रेमियर लिग क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । आज भएको आफ्नो पहिलो खेलमा नेपालले थाईल्याण्डलाई १० विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । ४९ रनको लक्ष्य उसले बिना क्षति पुरा गर्यो । नेपालले जीतमा अविजित रहदै सुसान्त सिंहले २५ र रबि शाहले १६ रन जोडे ।
यसअघि टस हारेर ब्याटिङ्ग गरेको थाईल्याण्डलाई ४८ रनमा सीमित गर्दै नेपालले ४९ रनको सामान्य लक्ष्य पाएको थियो । मलेसियाको क्वालालाम्पुरस्थित सेलेङ्गर टर्फ क्लबमा टस हारेर ब्याटिङ्ग गरेको थाईल्याण्डको किशोर टोली नेपाली बलरसामु धेरै बेर टिक्न नै सकेनन् । उसलाई सस्तैमा समेट्न अफ–स्पिनर जितेन्द्र सिंह ठकुरीले सर्वाधिक ५ विकेट लिए । यस्तै अनिल खरेलले २ तथा आशिष पोख्रेल, विजय चौधरी र पवन सर्राफले १–१ विकेट लिए ।
प्रतियोगिताका सम्पूर्ण खेल ४० ओभरका हुनेछन् ।
एसियन क्रिकेट काउन्सिलले ६ वटा राष्ट्र सहभागी प्रतियोगिता राउण्ड रोबिनका आधारमा सञ्चालन गरेको हो । प्रतियोगितामा नेपाल र थाईल्याण्ड सहित मलेसिया, ओमान, सिंगापुर र बहराईन पनि छन् । नेपालले भोली सिंगापुर, आगामी आईतवार ओमान, आगामी मंगलवार बहराईन र बुधवार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

Comments
Post a Comment