चेस ओलम्पियाड,नेपालको १४ स्थान सुधार
नर्वेको ट्रोम्सोमा सम्पन्न ४१औं चेस ओलम्पियाडमा चीनले स्वर्ण पदक जितेको छ। नेपालको पनि सहभागिता रहेको ओलम्पियाडमा हंगेरीले रजत र भारतले कांस्य पदक जितेका छन्।
अन्तिम चरण तथा ११औं चरणमा पोल्यान्डलाई ३–१ अंकले हराउँदै चीनले खुलातर्फको स्वर्ण जितेर इतिहास बनायो। महिलातर्फ भने रुसले स्वर्ण, चीनले रजत र युक्रेनले कांस्य पदक जिते।
४०औं ओलम्पियाडभन्दा सुधारिएको प्रदर्शन गरेको नेपाली पुरुष टोली विश्व वरियतामा १४ स्थान माथि उक्लँदै १ सय १४औं स्थानमा आइपुगेको छ। पुरुष टोलीले ११औं चरणमा गुइनर्सेलाई २.५–१.५ अंकले हराउँदा महिला टोलीले पाकिस्तानसँग २–२ को बराबरी खेलेको थियो। शुक्रबार राति सम्पन्न स्पर्धामा नेपालका रिजेन्द्र राजभण्डारी र सजिन महर्जनले विजय पाए। फिडेका क्यान्डिडेट मास्टर केशव श्रेष्ठले बराबरी खेले।
२०६१ रेटेड रिजेन्द्रले ४१औं ओलम्पियाडमा १९७६ रेटेड क्यान्डिडेट मास्टर पिटर रोवेलाई हराएर छैटौं जित हात पारे। क्यान्डिडेट मास्टर उपाधि पक्का गरिसकेका रिजेन्द्रले व्यक्तिगत ११ खेलबाट साढे ६ अंक बटुल्दै ३९ रेटिङ सुधार गरेका छन्।
१९८० रेटेड सजिन महर्जनले १८८९ रेटेड क्यान्डिडेट मास्टर ब्रुकफिल्ड टोबेलाई हराए। ११ मध्ये ८ खेल खेलेका सजिनले साढे २ अंक पाए। उनले रेटिङमा १३ अंक सुधारे। क्यान्डिडेट मास्टर २१३७ रेटेड केशव अनरेटेड एन्ड्रीसँग बराबरीमा रोकिए। अपेक्षाकृत प्रदर्शन गर्न नसकेका केशवले ११ चरणमा व्यक्तिगत ६ बनाउँदै रेटिङमा १२ अंक जोडे।
लगातार छैटौं हार बेहोरेका २०६८ रेटेड फिडे मास्टर मनिष हमाल ११औं चरणमा २२७० रेटेड क्रिस्टोफर हल्यान्डसँग हारे। १० खेलमा प्रतिस्पर्धा गरेका मनिषले व्यक्तिगत ३ अंकसाथ रेटिङमा ४ अंक जोडे। अर्का फिडे मास्टर सुजेन्द्रप्रसाद श्रेष्ठले ११ मध्ये ४ खेल खेल्दै साढे १ अंक बनाएका छन्।
महिला टोलीकी बिना जैसवाल र मोनालिसा खम्बुले जित पाए। व्यक्तिगत चौथो जित पाएकी बिनाले पाकिस्तानकी वासिफ जिनोवियालाई हराइन्। मोनालिसालेे उर्जु सइदलाई हराइन्। अस्मिता अधिकारी बेगम गाजलासँग र संगीता जैसवाल पाकिस्तानी मारयामसँग पराजित भए।
यसैबीच फिडेको एसिया जोन ३.२ का अध्यक्ष बनेका नेपाल बुद्धिचाल संघका अध्यक्ष राजेशहरि जोशी फिडेको अनुशासन समिति सदस्यमा निर्वाचित भए।

Comments
Post a Comment