एसियाडका लागि बन्द प्रशिक्षण मंगलबारदेखि
दक्षिण कोरियामा आयोजना हुने १७ औं एसियाली खेलकुद (एसियाड) का लागि नेपाली खेलाडीको बन्द प्रशिक्षण साउन २० गतेबाट सुरु हुने भएको छ। एसियाडका विषयमा युवा तथा खेलकुदमन्त्री पुरु षोत्तम पौडेल र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव युवराज लामाबीच छलफल भएपछि खेलाडीको बन्द प्रशिक्षण तत्काल सुरु हुने राखेपले बिहीबार घोषणा गरेको हो।
एसियाड तयारीका विषयमा बुधबार युवा तथा खेलकुद मन्त्रालयबाट सदस्यसचिव लामालाई पाँचबुँदे निर्देशनसमेत प्राप्त भएको थियो। निर्देशनमा एसियाडका लागि छनोट भएका खेलाडीको बन्द प्रशिक्षणको व्यवस्था सम्बन्धित खेल संघबाट गराउने, प्रशिक्षणका लागि तोकिएको मापदण्डभित्र रही खर्च गर्ने, प्रशिक्षणका लागि आवश्यक रकम सम्बन्धित संघलाई नै उपलब्ध गराउने, प्रशिक्षणका लागि आवश्यक बजेट राखेपको आन्तरिक स्रोत व अन्य स्रोतबाट व्यवस्थापन गर्ने तथा यी कुराको अनुमोदन राखेप बोर्डको आगामी बैठकबाट गराउने उल्लेख छ। एसियाड तयारीका क्रममा कुनै समस्या आए मन्त्रालयसँग समन्वय गर्न पनि राखेपलाई निर्देशन दिइएको छ।
मन्त्रीको निर्देशन पत्रपछि राखेप र मन्त्रालयबीचको विवाद अन्त्य भएको दाबी लामाले बिहीबार आयोजित पत्रकारसम्मेलनमा गरे। राखेपले बिहीबार नै एसियाडको विषयमा प्राविधिक कमिटीसँग छलफल पनि उनले बताए। एसियाडमा राखेपले विभिन्न १८ खेलमा सहभागिता गराउने सहमति गरिसकेको जानकारी पनि लामाले दिए।
अहिले एसियाड तयारीका लागि राखेप र मन्त्रीले बनाएका दुईवटा समिति अस्तित्वमा छन्। सदस्यसचिव लामाले खेलकुदमन्त्रीको निर्देशनमा राखेपका उपाध्यक्ष टेन्डी शेर्पाको संयोजकत्वमा गठित नयाँ तयारी समितिको औचित्य प्राविधिक रूपले समाप्त भइसकेको दाबी पनि लामाले गरे।
कारण देखाउ आदेश
राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेण्डी शेर्पाको अध्यक्षतामा गठित १७ औं एशियाली खेलकुद प्रतियोगिता तयारी समिति गठन संवन्धमा सर्वोच्च अदालतले बिहिबार कारण देखाउ आदेश जारी गरेको छ। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले उपाध्यक्षको अध्यक्षतामा गठित तयारी समिति अबैधानिक भएको भन्दै मुद्धा दायर गरेपछि सर्वोच्चले यस्तो आदेश जारी गरेको हो। सर्वोच्च अदालतका न्यायाधीश दिपकराज जोशीको एकल इजलासले विपक्षीलाई कारण देखाऊ आदेश जारी गरेको राखेपले जनाएको छ।

Comments
Post a Comment