पूर्ण प्रशिक्षणमा फर्कँदै यामसाजन
तीब्र गतिका नेपाली धावक यामसाजन सुनार चोटमुक्त हुँदै आइतबार पूर्ण प्रशिक्षणमा फर्कंदै छन्। १०० मिटरका कीर्तिमानी धावक दुई महिनाअघि घाइते भएका थिए। इन्चोन एसियाली खेलकुदलाई भएको छनोट प्रतिस्पर्धाक्रम उनले चोट बोकेका थिए। शुक्रबार इन्चोन एसियाडलाई छनोट एथलेटिक्स टोलीमा यामसाजन परेका छन्। इन्चोनमा उनले १०० र २०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन्।
चोटमुक्त भएका यामसाजनले ५ दिनयता रनिङ सुज लगाएर अभ्यास गरिरहेका छन्। आइतबारदेखि पूर्ण प्रशिक्षणमा फर्कन लागेको उनले बताए। आर्मीका यामसाजन आफ्नो क्षमताप्रति आत्मविश्वासी देखिन्छन्। भन्छन्, 'सुरुआतको केही सातापछि पुरानै लयमा आउने प्रयास गर्छु। मलाई विश्वास छ, इन्चोनमा आफ्नो कीर्तिमानमा फेरि सुधार गर्नेछु।'
नियमित फिजियोथेरापी गराइरहेका यामसाजनले आफ्नो लक्ष्य सुनाए, 'मेरो मुख्य लक्ष्य दक्षिण एसियाली खेलकुदमा पदक जित्नु हो। एसियाली खेलकुदमा हामीले आफ्नो अनुभव र स्तर बढाउने हो। स्तरअनुसार दक्षिण एसियामा हामीले पदक जित्न सक्छौं। प्रशिक्षकले पनि मबाट धेरै आशा गर्नुभएको छ। अहिलेको अवस्थाभन्दा अझै १ सय र २ सय मिटरमा सुधार गर्न सक्छु भन्ने विश्वास छ।'
ट्रयाकमा दौड्न नमिल्ने बेला पनि बिहानै नियमित रंगशाला आउने गरेको उनले बताए। उनले भने, 'राम्रो लयमा हुँदा घाइते भएँ। सुरुमा धेरै डर लागेको थियो खेलमा फर्कन सक्दिनँ कि भनेर। तर नियमित थेरापी र आराम गर्दा धेरै सुधार भयो। आराम गरेको बेला पनि दैनिक सामान्य अभ्यास गर्न रंगशाला जाने गरेको थिएँ। त्यसले मलाई छिटै ट्रयाकमा फर्कन सहयोग गर्योा।'
आफू पूर्ण फिट रहेको उनी बताउँछन्। 'अब मेरो लक्ष्य आफ्नो कीर्तिमान सुधार गर्दै २०० मिटरमा पनि कीर्तिमान बनाउने हो। म त्यसमा कीर्तिमान नजिक पुगेर असफल भएको छु। अब एसियाडमा त्यो कीर्तिमान बनाउन केन्द्रित हुन्छु,' उनको विश्वास थियो।
दशरथ रंगशालाको ट्रयाकमा जेठ २३ मा आफ्नै कीर्तिमानमा सुधार गरेपछि यामसाजन घाइते हुन पुगे। फिनिसिङ गरिसकेपछि बायाँ खुट्टामा समस्या देखिएपछि उनलाई ग्रान्डी अस्पतालमा पुर्या इएको थियो। बायाँ खुट्टाको लिगामेन्ट च्यातिएका कारण उनी जेठयता पूरै आराममा रहे।
२२ वर्षे यामसाजनले १०० मिटर दौड १० दशमलब ४ सेकेन्डमा पूरा गर्दै १५ वर्ष पुरानो कीर्तिमान तोडेका थिए। माघमा सम्पन्न ३९औं राष्ट्रिय एथलेटिक्स उनले उक्त कीर्तिमान बनाएपछि छोटो दूरीमा नेपाली एथलेटिक्सले यामसाजनबाट ठूलो आशा पालेको छ। जेठमा आफ्नो कीर्तिमान सुधार गर्ने क्रममा उनले १० दशमलब ३ सेकेन्डमा दौड पूरा गरेका थिए।
एथलेटिक्सका मुख्य प्रशिक्षक सुशील नरसिंह राणा दक्षिण एसियामा यामसाजनले पदक जित्न सक्ने बताउँछन्। उनले भने, 'दक्षिण एसियामा १० दशमलब ६ सेकेन्डमा दौड पूरा गर्नेले कांस्य पदक जितेका छन्। यामसाजन अहिलेको अवस्थामै पदक नजिक पुगिसके। एसियाड आउन करिब सात हप्ता बाँकी छ। उनले आफ्नो खेलमा अझै राम्रो सुधार गर्न सक्छन्।'
प्रशिक्षक राणाका अनुसार आइतबारदेखि यामसाजनले स्पिड ट्रेनिङ गर्ने छन्। राणा भन्छन्, 'चोटमुक्त हुँदै अभ्यासमा उनी फर्किसकेका छन्। केही हप्ता उनलाई पुरानो लयमा फर्कन मिहिनेत गर्नुपर्नेछ। छोटो दुरीमा हामीले उनीबाट पदक आशा गरेका छौं। यामसाजनसँग दक्षिण एसियाली खेलकुदको छोटो दूरीमा पदक जित्ने क्षमता छ। यही लयलाई निरन्तरता दिन सके उनले धेरै प्रगति गर्नेछन्।'
एसियाडको अनुभवले दक्षिण एसियामा पदक जित्न काम गर्ने राणाको ठम्याइ छ। 'एसियाडमा पनि हामीले प्रतिस्पर्धा गर्ने भनेको दक्षिण एसियाली राष्ट्रसँग हो। एसियाडको प्रदर्शनले दक्षिण एसियामा पदक जित्ने रणनीति बनाउन सजिलो हुन्छ। हरेक खेलाडीको व्यक्तिगत स्तर सुधार्न एसियाडको बन्द प्रशिक्षण महत्वपूर्ण हुनेछ।'
गृहजिल्ला जाजरकोटबाट करिअर सुरुआत गरेका यामसाजन नेपाल पुलिस क्लब हुँदै त्रिभुवन आर्मीसँग आबद्ध भएर खेलिरहेका छन्। १०० मिटरमा डेढ दशक पुरानो कीर्तिमान तोडेका कारण यामसाजन पल्सर स्पोर्टस अवार्ड २०७०अन्तर्गत उनी वर्षको उत्कृष्ट पुरुष र लोकप्रिय खेलाडी विधाको मनोनयनमा परेका थिए।

Comments
Post a Comment