चेस ओलम्पियाडको पाँचौं चरणमा नेपालका तीन खेलाडीलाई सफलता

नर्वेमा जारी ४१ औं चेस ओलम्पियाडमा नेपालले ट्रिनीडाड एण्ड टोवागोलाई ३–१ ले पराजित गरेको छ । नेपालका फिडे मास्टर मनिष हमाल, रिजेन्द्र राजभण्डारी, केशव श्रेष्ठले जित हात पार्दै एक अंक जोडे । सुजेन्द्रप्रसाद श्रेष्ठले हार व्यहोरे । पुरुषतर्फ नेपालले आज उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ ।  उता, महिलातर्फ नेपालका चारै खेलाडी पराजित भएका छन् । बिना जैसवाल, मोनालिसा खम्वु, अस्मिता अधिकारी र सुरुचि थिङ माल्टाका खेलाडीसँग हारे । महिलातर्फ नेपाली खेलाडीले आज माडागास्करका खेलाडीसँग गर्नेछन् ।

Comments

Popular Posts