सर्वाधिक गोलकर्ता क्लोजको सन्यास

जर्मन स्ट्राइकर मिरास्लोभ क्लोजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । विश्वकप फुटबलमा सर्वाधिक गोलकर्ताको रेकर्ड कायम गर्न सफल भएका क्लोजले आज सन्यासको घोषणा गरेका हुन् । ३६ वर्षिय लाजियो स्ट्राइकर क्लोजले १ सय ३७ अन्तर्राष्ट्रिय सहभागितामा ७१ गोल गरेका छन् । ब्राजिल विश्वकपमा दुई खेलमा ४ गोल गरेर ब्राजिलियन खेलाडि रोनाल्डोको रेकर्ड तोडेका क्लोजले १३ वर्षीय करियरको अन्त्य गर्ने सहि समय आएको बताए । उनले विश्वकप ४ सहभागितामा १६ गोल गरेर रेकर्ड कायम गरेका हुन् । सन्यासपछि उनले प्रतिक्रिया दिएका छन् : जर्मन फुटबलको सफलतामा साथ दिन पाउँदा म खुशि छु र गौरवान्वित पनि छु । क्लोजले सन २००१ मा आफ्नो अन्तर्राष्ट्रिय फुटबल करियर सुरु गरेका थिए । 

Comments

Popular Posts