अर्जेन्टिनी खेलाडी मारियामाथि नेदरल्याण्ड्सका प्रशिक्षकको नजर

नेदरल्याण्ड्सका प्रशिक्षक लुइस भान गालले अर्जेन्टिनी फरवार्ड एन्जेल डी मारियामाथि आँखा लगाएका छन् । तर गालले विश्वकपमा अर्जेन्टिना र नेदरल्याण्ड्सबीच हुने सेमिफाइनल खेलका लागि नभई इंग्लिस क्लव म्यानचेष्टर युनाइटेडका लागि मारियामाथि आँखा लगाएका हुन् । विश्वकप लगत्तै भान गालले म्यानचेष्टर युनाइटेडको प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने छन् ।
आफू म्यानचेष्टर युनाइटेडको प्रशिक्षक भएपछि मारियालाई पनि क्लवमा लैजाने उद्देश्यले भान गालले उनीको खेल शैली र उनको क्षमता बारे गहिरो अध्ययन गरिरहेका छन् । मारिया अहिले स्पेनिश क्लव रियल म्याड्रिडमा आवद्ध छन् । यस्तै भान गालले जर्मनीका डिफेन्डर म्याट्स ह्युमेल्सलाई पनि उनको क्लव बोर्सिया डर्टमुन्डले बेचेमा युनाइटेड लैजाने मनस्थिती बनाएका छन् । यी २ खेलाडीका लागि युनाइटेड ७ करोड ५० लाख पउण्ड खर्च गर्न तयार एको छ ।  ६२ वर्षका भान गाल फुटबलमा नयाँ नयाँ प्रयोग गर्न र आक्रामक रणनीति अपनाउन माहिर छन् । आफ्नो आक्रामक रणनीतिका लागि मारिया सही हतियार हुने भान गालको विश्वास छ ।

Comments

Popular Posts