मेस्सीलाई स्वर्ग पठाउन चाहन्छन् म्याराडोना

फिफा विश्वकपमा आइतबार जर्मनीद्वारा अर्जेन्टिना पराजित भएपछि उक्त समूहका स्टार खेलाडी लियोनेल मेस्सीको निकै आलोचना भइरहेको छ । मेस्सीको आलोचना गर्नेमा अर्जेन्टिनाका पूर्व कप्तान र महान खेलाडी डिएगो म्याराडोनाको नाम पनि समावेश छ । सन् २०१० मा दक्षिण अफ्रिकामा आयोजना गरिएको विश्वकपको १९ औँ संस्करणमा अर्जेन्टिना टीमको कोच रहेका म्याराडोनाका अनुसार यो विश्वकपमा मेस्सीले जुन प्रकारले खेल प्रदर्शन गरे, त्यसलाई हेर्दा उनी ‘गोल्डन बल’ को लायक हुनै सक्दैनन् । मेस्सीले यो विश्वकपमा जम्मा चार गोल गरेका छन् । उनको रेखदेखमा समूह फाइनलमा पुगेपनि उनले न त सेमिफाइनलमा गोल गर्न सके न त फाइनलमा नै । २७ वर्षीय मेस्सीलाई आर्थिक कारणले गर्दा यो पुरस्कार दिइएको माराडोनाको बुझाई छ । टेलिभजन कार्यक्रम ‘टेलेसर’ का दौरान म्याराडोनाले मेस्सीको निकै आलोचना गरेको देखिएको छ । म्यारोडोनाले भने, ‘यदि मैले भनेको हुने हो भने म मेस्सीलाई स्वर्गमा पठाइदिन्थे । मेरो नजरमा उनलाई मार्केटिङका कारणले गोल्डन बल दिइएको हो जुन गलत हो । ’ २४ वर्षपछि फाइनलमा पुगेर पनि जित हाँसिल गर्न नसक्दा आफू निकै दुखी भएको म्याराडोनाले बताए । आइतबार माराकान स्टेडियमको प्रतिस्पर्धामा जर्मनीले अर्जेन्टिनालाई १–० को गोल अन्तरले हराएर चौथो पटक विश्वकपमा विजयी बनेको छ । 

Comments

Popular Posts