सात स्पर्धामा गौरिकाको राष्ट्रिय कीर्तिमान
गौरीका सिंह पदक र ट्रफीका साथमा |
गौरिका सिंहले १९ औं राष्ट्रिय खुला पौडी प्रतियोगिताको दोस्रो तथा अन्तिम दिन शुक्रबार चारवटा स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाइन्।उनले प्रतियोगितामा कुल सातवटा स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाइन्। गौरिकाले दोस्रो दिन २ सय मिटर व्यक्ति गत मिड्ले २ मिनेट ५३.५७ सेकेन्ड, १ सय मिटर बटरफ्लाई १ मिनेट १९.३४ सेकेन्ड, १ सय मिटर ब्याकस्ट्रोक १ मिनेट १७.९७ सेकेन्ड तथा २ मिटर फ्री स्टाइल २ मिनेट २६.२८ सेकेन्डमा पूरा गर्दै यी सबै स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।
गौरिकाले व्यक्तिगत मिड्लेमा सन् २००२ मा वुसानमा भएको १४ औं एसियाली खेलकुदमा नयना शाक्यले बनाएको २ मिनेट ५८.६१ सेकेन्ड र बटरफ्लाईमा सन् २००८ मा काठमाडौंमा भएको १० औं ग्यालेक्सी कपमा करिश्मा कार्कीले बनाएको १ मिनेट २१.८७ सेकेन्डको कीर्तिमान भंग गरिन्। त्यस्तै गौरिकाले ब्याकस्ट्रोकमा सन् २००१ मा काठमाडौंमा भएको १५ औं खुला राष्ट्रिय पौडीमा शैलाराज्यलक्ष्मी राणाले बनाएको १ मिनेट २२.११ सेकेन्ड तथा फ्री स्टाइलमा गत वर्ष काठमाडौंमै भएको प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय पौडीमा सोफिया शाहले बनाएको २ मिनेट २९.७२ सेकेन्डको कीर्तिमान भंग गरिन्।
गौरिकाले बिहीबार २ सय मिटर ब्याकस्ट्रोक (२ मिनेट ४८.१६ सेकेन्ड), ५० मिटर बटरफ्लाई (३२.९७ सेकेन्ड) तथा ५० मिटर ब्याकस्ट्रोक (३५.८५ सेकन्ड) मा कीर्तिमान रचेकी थिइन्। उनले प्रतियोगितामा आठ स्वर्ण जितिन्। उनले १ सय मिटर ब्याकस्ट्रोक (१ मिनेट ३१.१९ सेकेन्ड) मा पनि स्वर्ण जितिन्। गौरिकाको नाममा थप एक रजत पनि रह्यो। उनलाई प्रत्येक कीर्तिमानबापत ५ हजारका दरले नगद पुरस्कार प्रदान गरियो। लन्डनमा बस्दै आएकी गौरिका केही महिना अघिमात्र नेपाल आएकी थिइन्। उनले पहिलोपटक नेपालमा प्रतिस्पर्धा गरेकी हुन्।
नेपाल पौडी संघद्वारा आयोजित प्रतियोगितामा शिरीष गुरु ङले सात स्वर्ण जिते। उनले अन्तिम दिन दुई स्वर्ण थपे। उनले २ सय मिटर बटरफ्लाईमा ३ मिनेट ०१.९० सेकेन्ड तथा १ सय मिटर फ्री स्टाइलमा ५९.२१ सेकेन्ड समय निकाल्दै पहिलो स्थान हात पारे। अन्तिम दिन पुरुषको २ सय मिटर ब्याकस्ट्रोकमा देवेश मानन्धर, महिलाको २ सय मिटर ब्रेस्टस्ट्रोकमा महिलातर्फ सोनिरा विष्ट र पुरुषमा टीका थापा पहिलो भए। पुरुषको ५० मिटर बटरफ्लाईमा स्युङ वि सु, महिलाको ५० मिटर ब्रेस्टस्ट्रोकमा निहारिका तुलाधर, पुरुषको ५० मिटर ब्याकस्ट्रोकमा दिलीप थापा मगर तथा महिलाको ५० मिटर फ्री स्टाइलमा सोफिया शाहले स्वर्ण हात पारे। शिरीष पुरु ष तथा सोफिया शाह महिलामा उत्कृष्ट खेलाडी बने। प्रतियोगितामा सानदार प्रदर्शन गरेकी गौरिकालाई भने उदीयमान खेलाडी अवार्ड दिएरटारियो।
Comments
Post a Comment