ब्राजिलियन प्रशिक्षक स्कोलारीको राजिनामा

ब्राजिलियन प्रशिक्षक लुइस फिलिप स्कोलारीले राजिनामा दिएका छन् । ब्राजिलियन मिडियाले विश्वकप २०१४ मा ब्राजिलको असफलतापछि स्कोलारीले प्रशिक्षक पदबाट राजिनामा दिएको जनाएका छन् ।
स्कोलारीले राजिनामा नदिने र फुटबल संघले आग्रह गरेमा ब्राजिलकै प्रशिक्षक बन्ने संकेत गरेका थिए । तर चानक ब्राजिलियन मिडियाहरुले स्कोलारीले राजिनामा दिएको बताएका छन् । केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमल भने उनले राजिनामा नदिएको बरु ब्राजिलियन फुटबल संघले बर्खास्त गरेको उल्लेख गरेका छन् ।
स्कोलारी कै प्रशिक्षण ब्राजिलले सन् २००२ को विश्वकप जितेको भएपनि यो पल्ट ब्राजिल सेमिफाइनलसम्म मात्र पुग्न सक्यो । सेमिफाइनलमा ब्राजिललाई जर्मनीलाई ७–१ को अन्तरले हराएपछि ब्राजिलले इतिहास कै ठुलो हार बेहोरेको थियो । यसैगरि तेस्रो स्थानको खेलमा पनि ब्राजिलले नेदरल्यान्डसँग ३–० को हार ब्यहोरेको थियो । स्कोलारीको सम्झौता विश्वकपसम्मको लागि मात्रै थियो । ब्राजिलियन फुटबल संघले स्कोलारीको राजिनामा स्वीकृत गर्ने तयारी गरेको ब्राजिलियन मिडियाले जनाएका छन् ।

Comments

Popular Posts