जयवर्द्धनेको कीर्तिमानी शतक
माहेला जयवर्द्धनेले अविजित १ सय ४० रन बनाएपछि सुरुआतमै लड्खडाएको श्रीलंकाले राम्रो पुनरागमन गरेको छ। दक्षिण अफ्रिकाविरुद्ध दोस्रो टेस्टको पहिलो दिन घरेलु टोलीले ५ विकेट गुमाई ३ सय ५ रन बनाएको छ।
३७ वर्षे जयवर्द्धनेले झन्डै ६ घन्टा क्रिजमा बिताएर १६ चौका र १ छक्का प्रहार गरेपछि सिंहालिज स्पोर्टस क्लब ९एसएससी० मैदानमा टस जितेर ब्याटिङ गरेको श्रीलंकाले १६–२ को स्थिति सुधारेको हो। उनको यो ३४औं टेस्ट शतक हो।
३७ वर्षे जयवर्द्धनेले झन्डै ६ घन्टा क्रिजमा बिताएर १६ चौका र १ छक्का प्रहार गरेपछि सिंहालिज स्पोर्टस क्लब ९एसएससी० मैदानमा टस जितेर ब्याटिङ गरेको श्रीलंकाले १६–२ को स्थिति सुधारेको हो। उनको यो ३४औं टेस्ट शतक हो।
जयवर्द्धनेको यो मैदानमा ११औं शतक हो, जुन एकै ब्याट्सम्यानले एउटै मैदानमा बनाएको धेरै शतकको कीर्तिमान हो। अस्ट्रेलियाका डन ब्रेडम्यानले सिड्नी क्रिकेट मैदानमा ९ टेस्ट शतक बनाएको कीर्तिमानलाई जयवर्द्धनेले यसअघि नै पछाडि पारिसकेका छन्। जयबर्द्धनेले घरेलु भूमिमा सचिन तेन्दुलकर र ज्याक कालिसले २३ टेस्ट शतक प्रहार गरेको कीर्तिमान पनि बराबरी गरेका छन्।
उनी भारतका सुनील गावस्कर र वेस्ट इन्डिजका ब्रायन लाराको कीर्तिमान बराबरी गर्दै सर्वाधिक शतक बनाउने सूचीको पाँचौंमा उक्लिएका छन्। भारतका सचिन तेन्दुलकर ९५१०, दक्षिण अफ्रिकाका ज्याक कालिस ९४५०, अस्ट्रेलियाका रिकी पोन्टिङ ९४१०, श्रीलंकाका कुमार सांगाकारा र भारतका राहुल द्रविड ९दुवैको ३६० मात्र सर्वाधिक टेस्ट शतक बनाउने सूचीमा जयवर्द्धनेभन्दा अगाडि छन्।
अर्को महिनाबाट टेस्ट क्रिकेटबाट संन्यास घोषणा गरेका श्रीलंकाका पूर्वकप्तान जयवर्द्धनेले ओपनर कुशल सिल्भासँग तेस्रो विकेटमा ९९ र कप्तान एन्जेलो म्याथ्युजसँग चौथो विकेटमा १ सय ३३ रनको साझेदारी गरे। ओपनर सिल्भाले ७३ बल खेल्दै ७ चौकासहित ४४ रन बनाए। आफै माथिल्लोक्रममा ब्याटिङ गर्न आएका म्याथ्युज धैर्यसाथ खेलिरहेको अवस्थामा कामचलाउ बलर जिन पाउल डुमिनीको बलमा विकेटकिपर क्विन्टन डी ककलाई क्याच दिन पुगे।
पाँचौं टेस्ट तथा दक्षिण अफ्रिकाविरुद्ध पहिलो टेस्ट खेलिरहेका किथुरुवान भिथानागे सिमर मोर्ने मोर्केलको सर्ट बलमा एबी डी भिलियर्सबाट १३ रनमा क्याचआउट भए। पहिलो टेस्ट खेलिरहेका निरोसान डिकवेला १२ रनमा जयवर्द्धनेलाई साथ दिँदै क्रिजमा छन्। उनलाई डुमिनीको बलमा ब्याट एन्ड प्याड क्याच दिइएको थियो, तर टेलिभिजन रिप्लेमा बल प्याडमा मात्र लागेको देखिएपछि अम्पायरले निर्णय सच्याए।
पहिलो सत्र तीब्र बलर डेल स्टेयनको नाममा थियो। गलमा दक्षिण अफ्रिकाले पहिलो टेस्ट जित्दाका म्यान अफ द म्याच स्टेयनले ओपनर उपुल थाराङ्गालाई ११ रनमा आउट गरे भने सांगाकारालाई पहिलो बलमै खाता खोल्न नदिई ठूलो सफलता हात पारे।
पहिलो ओभरको खेलमा स्टेयनलाई कभरमा चौका प्रहार गरी आत्मविश्वासी सुरुआत गरेका थाराङ्गाले अर्को ओभरमा भेर्नोन फिलान्डरलाई स्ट्रेटमा अर्को चौका प्रहार गरे। तर तेस्रो ओभरमा स्टेयनको बल थाराङ्गाको ग्लोभ्समा लागेर डी ककको हातमा पुग्यो। स्टेयनले अर्को बलमै सांगाकारालाई आउट गरेर घरेलु समर्थकलाई निराश बनाए। स्टेयनको सर्ट बल पुल गरेका सांगाकारा टप एज लागेर स्क्वायर लेगमा इमरान ताहिरलाई सजिलो क्याच दिन पुगे।
अल्भिरो पिटरसनले १० रनमा हुँदा सिल्भाको क्याच नछाडेको भए श्रीलंका अझ संकटमा पर्थ्यो। सिल्भालाई आउट गरी डुमिनीले दक्षिण अफ्रिकालाई तेस्रो सफलता दिलाए। घरेलु मैदानमा खेलिरहेका जयवर्द्धनेले स्टेयनलाई एकै ओभरमा २ चौका र ताहिरलाई मिडअफमा विशाल छक्का प्रहार गरी आफ्नो फर्म फर्काएका थिए।
तेहोरो स्कोरमा पुगेपछि उनले म्याथ्युजलाई अंकमाल गर्दै दर्शकतर्फ ब्याट देखाए। जयवर्द्धनेको सम्मानमा स्ट्यान्ड नजिक आतिशबाजी सुरु भइसकेको थियो।
Comments
Post a Comment